विष्णु विश्वकर्मा, चैत्र १ बागलुङ । तत्कालिन जनयुद्धमा आफ्नो श्रीमान गुमाएका निसिखोलाका शहिद परिवारले २१ बर्ष पछि श्रीमानको हत्या गरि गाडिएको स्थानमा पुगि श्रद्धाञ्जली अर्पण गरेका छन । निसिखोला गाउँपालिका वाडा नम्बर १ गौमला मल्ल र वडा नम्बर २ का फुलमाया छन्त्याल र करिमा छन्त्यालले २१ वर्ष पछि श्रीमानको चिहान खोज्दै ताराखोला गाउँपालिका वडा नम्बर २ अर्गल भन्ने ठाउँमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन । २०५८ साल फाल्गुन २७ गते तत्कालीन द्वन्दको समयमा शाहि नेपालि सेनाले बागलुङको साबिक देविस्थान गाविसका राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरु रोशन ध्वज मल्ल ,टीका छ्न्त्याल र डोर बहादुर छन्त्याललाई गिरफ्तार गरि हेलिकप्टरमा भातखाने डाडाँ सम्म लिएर आँखामा पट्टी बाधेर अर्गल गाविस वडा नम्बर ९ डन्थु गयरमा विभत्स ढंगले हत्या गरि गाडिएको स्थानीय सुर्य बहादुर घर्तीले बताउनु भयो ।
२१ वर्ष पछि आफ्ना श्रीमानहरुको चिहान खोज्दै उनिहरुका परिवार सहित अन्य स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका हुन । आफ्ना श्रीमानको शव गाडिएको स्थानलाई उत्खनन गर्दै श्रीमती गौमला मल्ले शब गडिएको स्थानमा आवश्यकता अनुसार केही संरचना बनाउने बताउनु भएको छ । सहिदहरुको शव राखिएको स्थानलाई खोतल्दै आफुहरुको संस्कार अनुसार पार्टीको झन्डा ठडाउदै ,फलफूल अगर बत्ती चदाएर श्रद्धाञ्जली अर्पण गरि शोक मनाएको उनिहरुले बताएका छन ।
२०५८ सालमा निसिखोलाका रोसन ध्वज मल्ल, टीका छन्त्याल , डोर बहादुर छन्त्याल ,झम बहादुर कुवर, पदम छन्त्याल , न्याउली छन्त्याल , मान बहादु पुन ,रिमा परियार, मान बहादुर दर्जी र टेक बहादुर छन्त्याललाई भिमगिठे आर्मी क्याम्पले सोधपुछ को लागि भनिपत्र पठाएको आधारमा उनिहरु १० जना आर्मी क्याम पुगेका थिए । १० जना मध्य ७ जनालाई सोधपुछ गरि छोडेको र ३ जनालाई साविकको अर्गल गाविस वडा नम्बर ९ हालको ताराखोला गाउँपालिका वडा नम्बर २ डन्थु गयारमा लगेर हत्या गरिएको पुन्य तिथी पारी चैत्र १ गते मृत्यु भएको स्थान पुगेर परिवारका सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन ।
शहिद परिवारहरुलाइ स्थान पहिचान र आबश्यक सहयोगका लागि समाजसेवी तिर्थ सिङ थापा, स्थानीय तथा अर्गल गा बि स का पुर्ब अध्यक्ष दिलबहादुर घर्ती मगर र प्रत्यक्ष दर्शी लालबहादुर परियार ले सहजीकरण गर्नु भएको थियो।



