"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतबाट स्वदेश फर्किँएका नेपालीबाट ४० रुपैयाँ भाडा लाग्ने बाटोमा आठ सयसम्म असुली

No data was found

Khabar Raftar

असोज २१ धनगढी । भारतबाट लामो यात्रा गरेर घर फर्किएका नेपाली यात्रुहरूबार्ट कैलालीको त्रिनगर भन्सार नाकामा अटो चालकले ४० रुपैयाको बाटोमा ८ सय सम्म असुली गर्ने गरेका छन ।

तोकिएको भाडाभन्दा कैयौँ गुणा बढी रकम असुल्ने, सामान बोकिदिने र बाटोमा हुने चेकजाँचमा प्रहरीसँग समन्वय गरिदिने भन्दै यात्रुसँग अटो चालकले ४० रुपैयाको बाटोमा ८ सय सम्म असुली गर्ने गरेका हुन ।

त्रिनगर भन्सार नाकाबाट धनगढी ट्राफिक चौराह सम्मको अटो भाडा ३० रुपैयाँ र धनगढी बसपार्कसम्म ४० रुपैयाँ तोकिएको भए पनि भारतबाट फर्किएका केही यात्रुसँग अटो चालकले पाँच सयदेखि आठ सय रुपैयाँसम्म असुल्ने गरेको पाईएको हो ।

भारतको तामिलनाडुबाट घर फर्किएका आदित्य खड्काले त्रिनगर नाका पुग्नेबित्तिकै अटो चालक र सामान बोक्ने व्यक्तिले घेरामा पारेको बताउदै धनगढी बसपार्कसम्म पुग्न अटो चालकले आठ सय रुपैयाँ मागेको बताए ।

उक्त विषयमा उनले ट्राफिक प्रहरी समक्ष गुनासो गरेपछि प्रहरीले सुप्रप ०१–००१ ह ७८५५ नम्बरको अटो चालकलाई नियन्त्रणमा लिएको बताए ।

प्रहरीको सोधपुछका क्रममा भारतबाट फर्किएका अछामको रामारोशनका कमल परियारसँग पनि सामान बोकेको भन्दै धनगढी बसपार्कसम्म आठ सय रुपैयाँ लिएको खुलेको थियो ।

प्रहरीले परियारबाट असुल गरिएको रकम फिर्ता गराएको जनाएको छ । त्यसपछि सुप्रप ०१–००१ ह ४७६७ नम्बरको अटो र चालकलाई समेत नियन्त्रणमा लिएर मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।

स्थानीयका अनुसार बिहानको समयमा भारतबाट नेपाल फर्किने नेपाली यात्रुको चाप बढी हुन्छ । त्यही समयमा सीमा नाकामा पर्याप्त प्रहरी उपस्थिति नहुँदा त्यसको फाइदा उठाउँदै केही अटो चालक र बिचौलियाले यात्रुसँग मनपरी रकम असुल्ने गरेका छन् ।

भारतबाट फर्किएका यात्रुलाई लक्षित गरी अटो व्यवसायी र सामान बोक्ने व्यक्तिहरूको मिलेमतोमा आर्थिक शोषण भइरहेको गुनासो बढेको छ । विशेषगरी लामो यात्रापछि थकित भएका र धेरै सामान बोकेका यात्रुलाई लक्षित गर्ने गरिएको बताइएको छ ।

एक जना अटो चालकका अनुसार त्रिनगर नाकाबाट महँगो भाडा लिएर यात्रुलाई धनगढी चौराहा वा बसपार्कसम्म पु¥याउने र त्यसपछि जिल्लाका अन्य क्षेत्र तथा जिल्लाबाहिर जाने यात्रुलाई थप रकम लिएर बसमा पठाउने प्रवृत्ति समेत रहेको छ ।

सीमा नाकामा हुने चेकजाँच र प्रशासनिक प्रक्रियालाई देखाएर यात्रुमा त्रास सिर्जना गर्ने र त्यसकै नाममा अतिरिक्त रकम असुल्ने प्रवृत्तिमाथि पनि निगरानी आवश्यक देखिएको छ ।

सीमा नाकामा यात्रु सहायता कक्ष, प्रभावकारी गुनासो सुनुवाइ र नियमित अनुगमनको व्यवस्था गर्न सके यात्रु ठगी तथा शोषण नियन्त्रण गर्न सकिने देखिन्छ । जिल्ला प्रहरी कार्यालय कैलालीले तोकिएको भन्दा बढी भाडा असुल्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

प्रहरीले यात्रुको सुरक्षाका लागि विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको र समस्या परेमा तत्काल प्रहरीसँग सहयोग माग्न सकिने जनाएको छ ।

भारतमा रोजगारी तथा अन्य कामका लागि गएर चाडपर्वमा घर फर्किने नेपालीको संख्या बढिरहेका बेला सीमा नाकामै हुने यस्तो असुलीले उनीहरूलाई थप समस्या पार्ने गरेको छ ।

त्यसैले सम्बन्धित निकायले तोकिएको भाडा कार्यान्वयन गराउनुका साथै यात्रुको सहज र सुरक्षित आवागमनका लागि त्रिनगर नाकामा प्रभावकारी अनुगमन र यात्रु सहायता व्यवस्था गर्न आवश्यक देखिएको छ ।

भर्खरै

कञ्चनपुरको लालझाडी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत सार्कीको विदाई
हवाई भाडा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम प्रदेशका ८६ प्रतिशत बालबालिका आधारभूत सेवाको पहुँचबाट वञ्चित
बाजुराको मैतोलाबासीको केरा खेती प्रति आकृषण बढ्दै
सुदूरपश्चिम प्रदेशका आठ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन
कैलालीबाट भन्सार छलीका सामान सहित २ जना पक्राउ
सुदूरपश्चिम प्रदेश सभा बैठक २४ गतेसम्मका लागि स्थगित
बाजुराको धिम गाउँका सात जना अझै सम्पर्कविहीन
अछाम्मा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावर सहित फोरजी सेवा प्रदान

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको लालझाडी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत सार्कीको विदाई

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

f1c39806-197e-4ee3-8fda-6bfea1eb9c8d

कञ्चनपुरको लालझाडी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत सार्कीको विदाई

e8a23f10-bf22-4604-a25a-47a66fc515d6

हवाई भाडा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ec98f527-b293-42ff-85ac-bfb99305fa7e

सुदूरपश्चिम प्रदेशका ८६ प्रतिशत बालबालिका आधारभूत सेवाको पहुँचबाट वञ्चित

f107d59c-4eb0-468a-9c38-fe0bca0458a0

बाजुराको मैतोलाबासीको केरा खेती प्रति आकृषण बढ्दै

4d9fafbf-9a24-43d1-b9ec-051653b71e89

सुदूरपश्चिम प्रदेशका आठ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन

pakrau1681358955-1763635634

कैलालीबाट भन्सार छलीका सामान सहित २ जना पक्राउ

pradesh-sava

सुदूरपश्चिम प्रदेश सभा बैठक २४ गतेसम्मका लागि स्थगित

भोटेकोशीमा  आएको  बाढी
रसुवा, १० भदौः
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

बाजुराको धिम गाउँका सात जना अझै सम्पर्कविहीन