"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको अत्तरियामा चाडपर्व लक्षित बजार अनुगमन

No data was found

Khabar Raftar

असोज १४ धनगढी । कैलालीको गोदावरी नगरपालिकाले अत्तरीया बजारमा चाँडपर्ब लक्षित अनुगमन गरेको छ । नगरपालिकाले खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीको सहकार्यमा बुधबार अत्तरिया बजार क्षेत्रका होटल, किराना तथा खाद्य सामाग्री बिक्री गर्ने पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विभिन्न होटल तथा खाद्य व्यवसायबाट स्वास्थ्यका लागि उपयुक्त नमानिएका प्लास्टिकका चपिङ बोर्ड (काट्ने बोर्ड) बरामद गरिएको छ । खाद्य सामग्री काट्न तथा तयारी गर्न प्लास्टिकका बोर्डको प्रयोग भइरहेको पाइएपछि व्यवसायीलाई काठका चपिङ बोर्ड प्रयोग गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, किराना तथा खाद्य सामाग्री बिक्री गर्ने पसलमा अनुगमन गर्दा १६ प्याकेट म्याद नाघेका भुजा, ढुसी लागेको मिठाई तथा सडेगलेका खाद्य सामग्री फेला परेको बताईएको छ । अनुगमन टोलीले बरामद गरेका म्याद नाघेका तथा अखाद्य सामग्री नष्ट गरेको जनाएको छ । चाडपर्वका बेला खाद्य सामाग्रीको बिक्री–वितरण बढ्ने भएकाले म्याद नाघेका, गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई तीव्रता दिइएको नगरपालिकाले जनाएको छ ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि चाडपर्व लक्षित बजार अनुगमन गरिएको बताइन् । चाडपर्वमा खाद्य सामग्रीको माग बढ्ने भएकाले मिसावट, म्याद नाघेका तथा अखाद्य वस्तुको बिक्री हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न अनुगमनलाई निरन्तरता दिइने उनले बताइन् ।

उनले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, लेबल, प्याकेजिङ तथा गुणस्तर सम्बन्धी विवरण जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिन् । म्याद नाघेका वा अखाद्य वस्तु बिक्री भइरहेको पाइएमा नगरपालिका वा सम्बन्धित निकायलाई जानकारी गराउन पनि उनले आग्रह गरिन । अनुगमन अत्तरिया बजारमा मात्र सीमित नराखी गोदावरी नगरपालिकाका विभिन्न वडामा समेत आवश्यकता अनुसार सञ्चालन गरिने उनले बताईन ।

त्यसैगरी गोदावरी नगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले चाडपर्वका समयमा बजारमा किनमेल बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य सामग्रीको गुणस्तर कायम गर्न अनुगमन गरिएको बताए । उनले म्याद नाघेका वा अखाद्य वस्तु बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही तथा जरिवाना गरिने बताए ।

व्यवसायीले नाफाभन्दा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता कायम गर्नुपर्ने उनले बताए । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले नगरपालिकाको आह्वानमा नगर क्षेत्रका विभिन्न बजारमा अनुगमन भइरहेको बताए ।

अनुगमनका क्रममा म्याद सकिएका मसला, खाद्य तथा पेय पदार्थ लगायत सामग्री समेत फेला परेको उनले जानकारी गराए । ओझाले व्यवसायीलाई खाद्य सामग्रीको स्वच्छता, सरसफाइ र भण्डारणमा विशेष ध्यान दिन तथा अखाद्य वस्तु बिक्री–वितरण नगर्न निर्देशन दिइएको बताए । उपभोक्तालाई पनि आफूले खरिद गर्ने सामग्रीको म्याद, लेबल, प्याकेजिङ र गुणस्तर जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिएको उनले बताए ।

भर्खरै

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ
सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै
दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन
कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा
कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ
जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो
सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा
बैतडीमा स्क्रब टाइफसका बिरामी बढे
बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
कांग्रेस कैलालीका सचिव सुनार १५ औँ महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतसहित निर्वाचित

धेरै कमेन्ट गरिएको

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-teacher

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

images

सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै

ojigad jhopu

दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन

bakhara_0

कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा

pakrau1681358955-1763635634

कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ

sarakari-motercycle

जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो

seti-pradeshik-aspatal-750x430-1

सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा

baitadi swasthya

बैतडीमा स्क्रब टाइफसका बिरामी बढे