"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको कृष्णपुर नगरपालीकाद्वारा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

No data was found

Khabar Raftar

असोज १४ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगर क्षेत्रका ६ वटा सामुदायिक विद्यालयलाई विद्यालय बस हस्तान्तरण गरेको छ । दुर्गम तथा टाढाका बस्तीबाट विद्यालय आउने विद्यार्थीलाई सहज रूपमा विद्यालयसम्म पुग्ने वातावरण बनाउने उद्देश्यले नगरपालिकाले उपलब्ध गराएका बस हस्तान्तरण गरेको हो । बुधबार कार्यक्रम आयोजना गरी नगरपालिकाले ६ वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षको बजेट अन्तर्गत बस खरिद गरेको जनाएको छ । सुरुमा युरो–३ मापदण्डका बस खरिद गर्ने योजना रहे पनि सरकारले उक्त मापदण्डमा रोक लगाएपछि युरो–६ मापदण्डका बस खरिद गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीलाई सहज रूपमा विद्यालयसँग जोड्न र विद्यालय सम्मको आवागमनलाई व्यवस्थित बनाउन बस सञ्चालनमा ल्याइएको हो ।

“दूरदराजका विद्यार्थीलाई विद्यालयसम्म आउन–जान सहज होस् र शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न बसको व्यवस्था गरिएको नगर प्रमुख ओझाले बताए । नगरपालिकाले श्री महाकाली माध्यमिक विद्यालय, श्री उदय माध्यमिक विद्यालय, श्री नन्द माध्यमिक विद्यालय, श्री कृष्ण माध्यमिक विद्यालय, श्री विणा माध्यमिक विद्यालय र श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो । नगरपालिकाले बस सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको थियो ।

विद्यालयले बस नियमित रूपमा सञ्चालन गर्ने सुनिश्चितता गरेपछि बस हस्तान्तरण गरिएको नगर प्रमुख ओझाले बताए । कृष्णपुर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयमा तहगत दरबन्दी अनुसार प्रधानाध्यापक तथा शिक्षक व्यवस्थापन, नगर शिक्षकको व्यवस्था र परीक्षाका लागि प्रश्नपत्र उपलब्ध गराउने लगायतका काम गर्दै आएको जनाएको छ ।

त्यसैगरी गत चालु आर्थिक वर्षमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि करिब ३ करोड ६९ लाख रुपैयाँ बराबरको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) सामग्री समेत उपलब्ध गराएको जनाएको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न योजना तथा कार्यक्रम मार्फत सेवा सुधारको काम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

हस्तान्तरण गरिएका बस टाटा कम्पनीले निर्माण गरेका २०२६ मोडलका बस हुन् । प्रत्येक बसको मूल्य करिब ४६ लाख ४६ हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ । सानो उमेरका बालबालिका सहित टाढाका बस्तीबाट विद्यालय आउने विद्यार्थीलाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्ने उद्देश्यले बस सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । आगामी दिनमा नगरपालिका भित्र रहेका अन्य सामुदायिक विद्यालयलाई समेत क्रमशः बस उपलब्ध गराउने योजना रहेको कृष्णपुर नगरपालिकाले जनाएको छ ।

भर्खरै

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ
सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै
दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन
कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा
कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ
जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो
सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा
बैतडीमा स्क्रब टाइफसका बिरामी बढे
बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
कांग्रेस कैलालीका सचिव सुनार १५ औँ महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतसहित निर्वाचित

धेरै कमेन्ट गरिएको

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-teacher

कैलालीको गौरीगंगामा विद्यालयमा जातीय विभेद गरेको आरोपमा तीन जना शिक्षक पक्राउ

images

सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण कार्य प्रभावकारी बन्दै

ojigad jhopu

दार्चुलाको ओजिगाड खोलामा निर्माण गरिएको झोलुङ्गे पुल प्रयोगविहीन

bakhara_0

कञ्चनपुरबाट भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा नियन्त्रणमा

pakrau1681358955-1763635634

कैलालीबाट लागूऔषध सहित छ जना पक्राउ

sarakari-motercycle

जुवाखालबाट बरामद सरकारी मोटरसाइकल वडा अध्यक्ष थापाका साथीले लिएको पाईयो

seti-pradeshik-aspatal-750x430-1

सेती प्रादेशिक अस्पतालमा तीन साता देखि सिटीस्क्यान बन्द हुँदा, बिरामी समस्यामा

baitadi swasthya

बैतडीमा स्क्रब टाइफसका बिरामी बढे