असोज ०२ डोटी । डोटीमा लागूऔषध खैरो हेरोइन मुद्दामा कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत डोटीको २०८२ माघ २२ गतेको फैसलाले १ महिना १ दिन कैद सजाय तोकिएका जोरायल गाउँपालिका वडा नम्बर–४ खैगाड बस्ने २२ वर्षीय खेमबहादुर पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर–६ सिलगढी बजारबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले पक्राउ गरेका पुन मगरलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
Post Views: 11


