"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

No data was found

Khabar Raftar

चैत्र २६ बाजुरा । बाजुराको मार्तडी कोल्टी सडक निर्माणको काममा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । सदरमुकाम मार्तडी–कोल्टी सम्मको झण्डै ४२ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा यात्रुहरुले सास्ती खेप्नु परेको हो । सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडांै लगायतका विभिन्न ठाउँबाट मार्तडी देखि कोल्टी आउने लामो दुरीका सवारी साधानले पनि जोखिम मोल्नु परेको अवस्था छ ।

ठेकेदार कम्पनीले कालोपत्रेको जिम्मा लिएको झण्डै सात वर्ष हुँदा सम्म पनि जिल्लाको मार्तडी कोल्टी सडक अझै कालोपत्रे नभएको स्थानीयले बताएका छन । सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले सडक कालोपेत्र नहुँदा सवारी साधन लगायत यात्रुहरुले जोखिम पूर्ण यात्रा गर्नु परेको बताए ।

मार्तडी–कोल्टी सडकमा अहिले सवारी साधान चलाउन निकै सकस हुने गरेको उनले बताए । स्थानीयको आवश्यकत्ताका लागि जबरजस्ती गाडी कोल्टी लिने गरेको उनले बताए । सडक सञ्चालनमा आए पनि खाल्डा खुल्डीका कारण लामो दुरीका सवारी साधानलाई निकै जोमिम बढ्दै गएको कार्कीले बताए । २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

मार्तडी बसपार्क देखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् । मार्तडी देखि चुथी सम्मको ९ किलोमिटर सडक पीच गर्ने काम सम्पन्न भएपनि उता ढम्कने देखि कोल्टी सम्मको ३१ किलोमिटर सडक भने अँझै पीच भएको छैन ।

ठेकदारको लाफरबाहीले उक्त सडक निर्माणको काममा निकै ढिलाइ भएपछि अहिले मार्तडी देखि कोल्टी सम्म जाने यात्रुलाई हिउँद बर्खाको समय सधै सास्ती खेप्नु परेको छ । मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई वटा कम्पनीले ३५ करोड भन्दा बढी पहिलो किस्ता रकम भुक्तानी भने लिइसकेको बतईएको छ ।

कात्तिक देखि कोल्टीमा बस सञ्चालन भएको दुइ महिनामै सुदूरपश्चिम र महाकाली गरी दुइ वटा बस दुर्घटनामा परिसकेको बताइएको छ । घटनामा एक जनाको ज्यान गएको थियो भने दर्जनौ यात्रु घाइते भएका थिए । आफूले अरुलाई जिम्मा दिएको र उनीहरुले काम नगरेकाले मार्तडी कोल्टी सडक निर्माणको काममा ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ ।

ठेकेदार कम्पनीलाई फोन गर्दा यस वर्षमा मार्तडी कोल्टी सडक निर्माणको काम पुरा गर्ने गरी आफु काठमाण्डौ देखि बाजुरा आउन लागेको ठेकेदार कम्पनीका मालिक राजु बाँनीयाले बताए । यती बेला ठेकेदार कम्पनीले आफैले काम गर्ने गरी काम सुरु गरेको बताए ।
बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराले जिम्मा दिएका ठेकेदारले काम नगर्दा पहिला सडक मर्मत गर्नु पर्ने समस्या हुने गरेको बताउदै अहिले आफैले काम गर्ने भएकाले उक्त समस्या नभएको बताए ।

धेरै पटक उक्त कम्पनीलाई फोन गरेको बताउदै उनले अहिले बल्ल ठेकेदारसँग कुरा भएको बताए । त्यसैगरी भौतिक पुर्वाधार कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले आफूले जिम्मा लिएको काम आफैले पुरा गर्ने गरी अहिले काम सुरु गरेको जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण