चैत्र २६ कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका सुडामा रहेको घटाल बहुमुखी क्याम्पस महिलाहरूको उच्च शिक्षा हासिल गर्ने थलो बनेको छ । नेपाली काँग्रेस कञ्चनपुरका पूर्व सभापति हरिप्रसाद बोहरा लगायतले २०६७ मा स्थापना गरेको उक्त क्याम्पस महिलाहरूको उच्च शिक्षा हासिल गर्ने थलो बनेको हो ।
महेन्द्रनगर बजार टाढा भएकाले वेदकोट नगरपालिकाको ग्रामीण क्षेत्रका महिलालाई उच्च शिक्षा हासिल गर्न सहज होस् भनेर सामुदायिक प्रयासबाट क्याम्पस स्थापना गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त बोहराले बताए । छोरी बुहारीहरूलाई विश्वविद्यालय शिक्षा हासिल गर्न सहज होस् भनेर सामुदायिक क्याम्पसका रुपमा घटाल बहुमुखी क्याम्पस स्थापना गरेको उनले बताए ।
कम शुल्कमा गुणस्तरीय शिक्षा दिनका लागी सुडास्थित घटाल माध्यमिक विद्यालयको भवनमा क्याम्पस सञ्चालन गरिएको उनले बताए । अहिले क्याम्पसमा १ सय ६२ जना विद्यार्थी मध्ये १ सय ४९ जना छात्रा रहेको उनले बताए । उनीहरूमा पनि विवाहितको संख्या उल्लेखनीय रहेको उनले बताए । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय मात्रै सञ्चालन रहेको क्याम्पस कोभिडका कारण भने प्रभावित भएको अध्यक्ष बोहराले बताए ।
लकडाउनका कारण २०७७ साल देखि २०८० सम्म क्याम्पस बन्द भएको उनले बताए । अहिले तीन वर्षदेखि क्याम्पस नियमित सञ्चालनमा रहेको उनले बताए । क्याम्पसमा निजी कलेजको भन्दा राम्रो पढाइ हुने गरेको बिबिएस तेस्रो वर्षमा अध्ययनरत छात्रा मनिषा भट्टले बताइन् । क्याम्पसमा महिला विद्यार्थीको संख्या बढी भएको बताउदै उनले पढाइ पनि राम्रो हुने र नतिजा पनि राम्रो आउने गरेको बताईन । घटाल बहुमुखी क्याम्पस अहिले घटाल माध्यमिक विद्यालयको भवनमा सञ्चालन गरिएको उनले बताए ।
क्याम्पसको आफ्नै जग्गामा अहिले भवन निर्माण भइरहेको छ । बिएसको पढाइ मात्रै हुने क्याम्पसमा बिबिए र बिए अध्यापनका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएको व्यवस्थापन समितिका अध्यक्ष बोहराले बताए । अध्यक्ष बोहराले स्थापनाकै वर्ष दुई सय विद्यार्थी भर्ना भएको क्याम्पसमा छोरी बुहारीको संख्या उल्लेखनीय भएको बताउदै छोरीबुहारीलाई उच्च शिक्षा दिनुपर्ने मान्यताले खुलेको क्याम्पस सञ्चालन गर्न समुदायबाट चन्दा संकलन गरिएको बताए ।
सुरूमै स्थानीयबाट स्वेच्छिक रुपले ५ लाख संकलन भएको जानकारी गराउदै उनले उक्त रकमको कोष स्थापना गरी हाल ६ लाख पुगेको बताए । घरबाटै विद्यार्थीले न्यूनतम शुल्क तिरेर स्नातक तहको अध्ययन गर्ने अवसर पाएको बिबिएस प्रथम वर्षकी छात्रा मनिषा भट्टले बताइन् । उनले नजिकै क्याम्पस भएकाले थोरै शुल्कमा पढ्न पाएको बताइन् । थोरै शुल्कमा स्नातक पढ्न पाएको बताउदै उनले घर नजिकै क्याम्पस भएकाले कक्षा लिन समस्या नभएको बताईन ।
महेन्द्रनगर बजार र काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताउदै उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा घरमै बसेर निकै कम शुल्कमा पढ्न पाउँदा परिवारलाई पनि सजिलो भएको बताईन । घरको काम गर्दै पढ्न मिलेको बताउदै उनले पढाइ पनि स्तरीय भएको बताईन । क्याम्पस सञ्चालन गर्न वेदकोट नगरपालिकाले अनुदान दिने गरेको बताए । प्रदेशको सामाजिक विकास कार्यालयले पनि अनुदान दिने गरेको भए पनि चालु आर्थिक वर्षमा क्याम्पसलाई नगरपालिका र सामाजिक विकास कार्यालयले अनुदान नदिएको अध्यक्ष बोहराले बताए ।
कोभिडमा तीन वर्ष बन्द भएको क्याम्पस शैक्षिक सत्र २०८० बाट फेरि सञ्चालन आएको उनले बताए । त्यसपछि क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नारायणदत्त बोहारा चयन भएको बताउदै उनले उनको चार वर्षे कार्यकाल ेआगामी जेठमा समाप्त हुन लागेको बताए । सामुदायिक कलेजको रुपमा खुलेको घटाल बहुमुखी क्याम्पसमा ५२ जना संस्थापक सदस्य रहेका छन् । क्याम्पसमा दुई जना पूर्णकालीन ६ जना आंशिक प्राध्यापक रहेका छन् ।
ग्रामीण क्षेत्रको क्याम्पस भए पनि नतिजा भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुदूरपश्चिममै सर्वोकृष्ट आउने गरेको उनले बताए । बिबिएस प्रथम वर्षमा ३२ जना परीक्षार्थीमा २१ जना उत्तीर्ण भएको बताउदै अध्यक्ष बोहराले चार जना प्रथम श्रेणीमा पास भएको र चारै जना छात्रा रहेको े बताए । कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले खुलेको क्याम्पसले आर्थिक चुनौती व्यहोर्नुपरेको अध्यक्ष बोहराले बताए । “क्याम्पसले शुल्क वार्षिक १८ हजार तोकेको बताउदै उनले विद्यार्थीले वार्षिक बढीमा १० हजार मात्रै तिर्ने गरेको बताए ।
क्याम्पसको आफ्नै भवन नहुँदा पनि समस्या भएको बताउदै उनले अहिले नगरपालिकाले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा क्याम्पस भवन निर्माण भइरहेको बताए । छोरी–बुहारीहरूलाई उच्च शिक्षा हासिल गर्न सहज होस् भनेर घटाल बहुमुखी क्याम्पस बिहान ७ देखि ११ बजेसम्म सञ्चालन हुने गरेको बताउदै उनले जसले गर्दा महिला विद्यार्थीलाई घरको काम गर्न सजिलो भएको बताए ।
अहिले सुडामा घटाल माध्यमिक विद्यालयको भवनमा सञ्चालनमा रहेको क्याम्पसका लागि बेदकोट नगरपालीका वडा नम्बर–३ मा ६ कोठे भवन निर्माण भइरहेको बताए । क्याम्पस भवनका लागि वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले पाँच कट्ठा जग्गा उपलब्ध गराएको अध्यक्ष बोहराले बताए । नगर प्रमुख भोजराज बोहराले उपलब्ध गराएको पाँच कट्ठा जग्गामा सङ्घीय सहरी विकास मन्त्रालयले ५० लाख बजेट दिएको र सोही बजेटबाट भवन निर्माण भइरहेको उनले बताए ।
असार मसान्त सम्म काम सम्पन्न हुने र नयाँ शैक्षिक सत्रबाट आफ्नै भवनमा क्याम्पस सञ्चालन हुने अध्यक्ष बोहराले बताए । अहिले आर्थिक चुनौती र भौतिक पूर्वाधार तथा पाठ्य सामग्रीको अभाव झेलिरहेको क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको बिबिए कार्यक्रम ल्याउन सके आर्थिक अवस्था सहज हुने अध्यक्ष बोहराले बताए । घरमै बसेर गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको उनले बताए ।


