चैत्र २५ बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका ६ ओटै वडामा निशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ । शिवनाथ गाउँपालिका अन्तर्गत रहेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सबै वडाहरुमा आँखा शिविर सञ्चालन गरिने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले यही चैत्र २७ गतेदेखि आँखा शिविर सञ्चालन हुने जानकारी गराएका हुन ।
चैत्र २७ गते वडा नम्बरं १ को कार्यालयमा शिविर सञ्चालन हुने छ भने चैत २८ गते वडा नम्बरं १ कुण पणेरामा शिविर सञ्चालन हुने बताइएको छ । चैत २९ र ३० गते वडा नंम्बर २ को कार्यालयमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । वैशाख २ गते वडा नम्बरं ३ को कार्यालयमा शिविर सञ्चालन हुनेछ भने वैशाख ३ गते वडा नंम्बर ४ स्थित उदयदेव स्वास्थ्यचौकी र वैशाख ४ गते वडा नम्बरं ४ कै चन्द्रदेवल माविमा शिविर सञ्चालन हुने बताइएको छ ।
त्यसैगरी वैशाख ५ गते वडा नम्बरं ५ को कार्यालयमा र वैशाख ६ गते वडा नंम्बर ५ कै उदयदेव मावि कफाडीमा शिविर सञ्चालन हुने बताइएको छ । त्यसैगरीै वैशाख ७ गते वडा नम्बरं ६ को जिम्मेश्वर आधारभूत विद्यालय हिरापुरमा शिविर सञ्चालन हुने छ भने वैशाख ८ गते वडा नम्बरं ६ कै शिवनाथ स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने बताईएको छ ।
शिविरमा दृष्टि परीक्षण, मोतीबिन्दुको परीक्षण र छनौट, जलविन्दुको जाँच गरिने छ । त्यसैगरी आँखा रातो हुने, आँखा दुख्ने, आँखामा मासु पलाएको, आँखा बिझाउने, आँखामा आँसु आउने लगायतका समस्याहरुको जाँच र औषधी वितरण गरिने बताइएको छ । त्यसैगरी नजिकको लेखपढ गर्न समस्या भएकाहरुलाई शिविरमा निशुल्क चश्मा वितरण गरिने शिवनाथ गाउँपालिकाले जनाएको छ । आँखाको समस्या भएका नागरिकहरुलाई शिविरमा आएर सेवा लिन समेत आग्रह गरिएको छ ।


