"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु हुने

No data was found

Khabar Raftar

चैत्र २५ धनगढी । सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित स्वास्थ्य शिक्षा केन्द्रका रूपमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु हुने भएको छ । धनगढीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्र देखि चिकित्सा शिक्षाको पठनपाठन सुरु हुने भएको हो । विश्वविद्यालय सभाको चौथो बैठकले विभिन्न चार वटा सङ्कायमा अध्ययन अध्यापन सुरु गर्ने निर्णय गरेपछि औपचारिक रूपमा चिकित्सा शिक्षाको पठनपाठन सुरु हुने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा पनि निर्धारण गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले आगामी शैक्षिक सत्रदेखि कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिने जानकारी गराए । निर्णय अनुसार ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी भर्ना गरिने उनले जानकारी गराए ।

साथै, ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी समेत अघि बढाइएको उनले जानकारी गराए । सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोतसमेत सुनिश्चित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिसकेको छ । आर्थिक वर्ष ०८२÷८३ को जेठ–असारका लागि चिकित्सकहरूको तलब बाफत ५ करोड रुपैयाँ बजेट उपलब्ध भइसकेको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ ।

बैठकले विश्वविद्यालय सभामा दुई जना महिला र दुई जना पुरुष सदस्य मनोनीत गरेको भए पनि उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । यसअघि विश्वविद्यालयका तीन वटा बैठक संघीय राजधानी काठमाडौंमा बसेका थिए भने पहिलो पटक गेटामै बैठक सम्पन्न भएको हो । कानुनी व्यवस्था अनुसार विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा सभा गठन गरिएको छ । जसको अध्यक्ष शिक्षामन्त्री रहने प्रावधान छ ।

सभामा स्वास्थ्यमन्त्री, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति तथा गोदावरी नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ । साथै अन्य विश्वविद्यालयका एक जना उपकुलपति सदस्य रहने प्रावधान अनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राःडाः हेमराज पन्तलाई यसअघि नै मनोनयन गरिएको थियो ।

गोदावरी नगरपालिका वडा नम्बर–५ मा करिब ५१ हेक्टर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयमा हालसम्म नेपाल सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । ४२ वटा भवन निर्माण सम्पन्न भइसकेका छन् । २०८० साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको थियो । शिक्षामन्त्री सस्मित पोखरेलले आवश्यक बजेट सुनिश्चित भइसकेकाले आगामी शैक्षिक सत्रदेखि जसरी पनि पठन पाठन सुरु हुने उदघोष गरेका छन ।

यो परियोजना देशकै गौरवको योजना भएकाले कुनै पनि हालतमा कार्यान्वयनमा लैजाने उनले बताए । कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्द चन्दले विश्वविद्यालय सञ्चालनमा कुनै शंका नरहेको बताउदै यसले सुदूरपश्चिम प्रदेशमा शिक्षा र स्वास्थ्य सेवामा नयाँ अवसर सिर्जना गर्ने बताए ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । यसले क्षेत्रमै गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै, उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने र क्षेत्रीय विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

भर्खरै

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
दार्चुलाको घट्टेखोलामा हर्क साम्पाङले गरे,झोलुङ्गे पुलको शिलान्यास
सुदूरपश्चिमको आर्थिक अवस्था कमजोर, गरिबी दरमा वृद्धि
सरकारको विज्ञापन प्रतिबन्ध विरुद्ध धनगढीमा पत्रकार महासंघको छलफल
सार्वजनिक यातायात र ढुवानी भाडामा वृद्धि
कैलालीका किसान यस वर्ष कम मूल्यमा गहुँ बेच्न बाध्य, समर्थन मूल्य तोक्न आग्रह
शिवनाथका ६ ओटै वडामा आँखा शिविर सञ्चालन गरिने
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु हुने
कञ्चनपुरको शुक्लाफाँटामा विद्यालय सुधार अभियान सुरु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते

धेरै कमेन्ट गरिएको

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

pul-1775579969

दार्चुलाको घट्टेखोलामा हर्क साम्पाङले गरे,झोलुङ्गे पुलको शिलान्यास

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिमको आर्थिक अवस्था कमजोर, गरिबी दरमा वृद्धि

InShot_20260408_170232864

सरकारको विज्ञापन प्रतिबन्ध विरुद्ध धनगढीमा पत्रकार महासंघको छलफल

bus2021-0

सार्वजनिक यातायात र ढुवानी भाडामा वृद्धि

gahu

कैलालीका किसान यस वर्ष कम मूल्यमा गहुँ बेच्न बाध्य, समर्थन मूल्य तोक्न आग्रह

Shibnath-Shibir-1775637812

शिवनाथका ६ ओटै वडामा आँखा शिविर सञ्चालन गरिने

geta-university

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु हुने