चैत्र २० धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर–१ स्थित बन कार्यालय नजिकैको डुडेझारी सडक खण्डमा सुपप्र०१–००९ प ६७७८ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक ३५ वर्षीय रमेश शाहीलाई उपचारका लागि टिकापुर अस्पताल पु¥याइएको भए पनि चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।
Post Views: 8


