"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हिमाली गाउँपालिकाद्वारा १ सय ४२ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण

No data was found

Khabar Raftar

चैत्र १९ बाजुरा । बाजुराको हिमाली गाउँपालिकाले १ सय ४२ जना छुट मुक्त हलियाहरुलाई मुक्त हलिया परिचय पत्र वितरण गरेको छ । बुधबार एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले छुट मुक्त हलियाहरुलाई परिचय पत्र वितरण गरेका हुन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको कानूनी तथा प्राविधिक सहयोगमा गाउँपालिकाले वि.सं. २०८० सालमा मुक्त हलिया पुनःस्थापना कार्यबिधि पारित गरि तथ्यांक संकलन गरेको थियो ।

तथ्यांक संकलन गरेका मुक्त हलियाहरुको प्रमाणिकरण तथा वर्गिकरण गरि १ जनाले ‘क’ वर्ग र १ सय ४१ जनाले ‘ख’ वर्गको परिचय पत्र प्राप्त गरेको संस्थाका सामुदायिक सहजकर्ता जनसरी सार्कीले जानकारी गराएकी छिन । ‘क’ वर्गको रातो परिचय पत्र पाएका हिमाली गाउँपालिका वडा नम्बर– ६ बस्ने रंग लुहारले खुशी व्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद दिएका छन ।

उनले सरकारले छिट्टै पुनःस्थापना गर्नु पर्ने माग पनि गरेका छन । परिचय पत्र पाएपछि हलियाहरु उत्साहित भएका छन भने अव छिट्टै सरकारले पुनःस्थापना कार्यक्रम ल्याउनु पर्ने हलिया आन्दोलनका अगुवा कलुवा लुहारले बताएका छन ।

गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल र उपाध्यक्ष राजकला सार्कीले स्थानीय सरकारद्वारा परिचय पत्र वितरण गरेका हलियाहरुको छिटो पुनःस्थापना गर्न प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए ।

संघीय सरकारले मुक्त हलिया पहिचान र पुनःस्थापनाको अख्तियारी स्थानीय सरकारलाई हस्तान्तरण गरेपछि लामो समय देखि राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले स्थानीयतहहरुसँग मुक्त हलियाहरुको पहिचान र पुनःस्थापनाका लागि निरन्तर वकालत गर्दै आएको संस्थाले जनाएको छ ।

छुट मुक्त हलियाहरुको प्रमाणिकरण, वर्गिकरण र परिचय वितरण प्रक्रियामा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले लुथरन बिश्व फेडेरेशन नेपालसँगको सहकार्यमा संचालित स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रुपमा बहिष्कृत जनसंख्याको सशक्तिकरण एलटुजी परियोजनाले व्यवस्थापकीय सहयोग गरेको जनाइएको छ ।

संस्थाद्वारा संचालित एलटुजी परियोजनाको सहयोगमा यो महत्वपूर्ण उपलब्धी भएको र यस्ता अभियानहरुलाई अझै अन्य पालिकाहरुमा पनि निरन्तर अधि बढाउने योजना रहेको संस्थाका कार्यकारी निर्देशक हरिसिंह बोहराले जानकारी गराए ।

भर्खरै

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ
कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ
जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त
सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध
बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन
हिमाली गाउँपालिकाद्वारा १ सय ४२ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण
टिकापुरका एचआईभी संक्रमीतहरुद्वारा पोषण सहयोग नियमित गर्न माग

धेरै कमेन्ट गरिएको

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु

pakrau-1

कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

juwa_tass_qvnAX9iupj

धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

pakrau-1

कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ

Indra-1-1775025616

जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त

782a2cb5-89c6-4139-b4b0-90f01ab5fc57

सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध

FB_IMG_1775102591381

बैतडीमा एक जना स्कुले किशोरी मृत अवस्थामा भेटिईन