चैत्र १९ कञ्चनपुर । कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा जैविक तटबन्ध निर्माण गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका स्थित दोदा नदीको कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको हो ।
पुनर्वास नगरपालिका वडा नम्बर–७ का अध्यक्ष मुलचन्द रानाले नदी कटान रोक्न जैविक तटबन्ध निर्माण गरिएको जानकारी गराएका हुन । प्रत्येक वर्ष नदीको बाढीबाट प्रभावित हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरिएको उनले बताए ।
“हरेक वर्ष करिब तीन सय परिवार बाढीबाट प्रभावित हुँदै आएको बताउदै उनले खेतीयोग्य जग्गा कटान हुँदै आएको बताए । त्यसलाई रोक्न जैविक तटबन्ध निर्माण गरिएको वडाध्यक्ष रानाले बताए । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले पुनर्वास र लालझाडी गाउँपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको बताए ।
उनले बाढी प्रभावित वडा नम्बरं १ र ४ मा जैविक तटबन्ध निमार्णको काम भइरहेको जानकारी गराए । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, स्थानीय पालिका र जनश्रमदानमा नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको उनले बताए ।
सङ्घद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजना अन्तर्गत कञ्चनपुर र कैलाली जिल्लाका नदी तटीय क्षेत्रमा कटान तथा डुबान नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका संयोजक देवराज बडुले जानकारी गराए ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा ७ सय मिटर, लालझाडी गाउँपालिकामा ६ सय र कैलालीको भजनी नगरपालिकामा ७ सय मिटर जैविक तटबन्ध निर्माण गरिएको बडुले बताए । पुनर्वासमा २९ लाख १३ हजार, लालझाडीमा ४४ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको बडुले जानकारी गराए ।
परियोजना, पालिका र जनश्रमदानमा तटबन्ध निमार्ण गर्ने थालिएको उनलेब ताए । स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानका कारण तटबन्ध परम्परागत संरचना भन्दा दिगो र वातावरणमैत्री भएको उनले बताए ।
परियोजना संयोजक बडुले जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने भएकाले दीर्घकालीन रूपमा भूक्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमा समेत महत्त्वपूर्ण टेवा पु¥याउने बताए ।


