चैत्र १९ धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन चैत २४ गते मंगलबार अपराह्न ४ बजे आह्वान गरिएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार, प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले औपचारिक रूपमा चैत २४ गते मंगलबार अपराह्न ४ बजे अधिवेशन आह्वान गरेका हुन् ।
बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि बिहीबार सिफारिस पत्र पठाएका थिए ।
त्यसलगत्तै प्रदेश प्रमुख मियाले औपचारिक रूपमा अधिवेशन आह्वान गरेका हुन् । सातौँ अधिवेशनमा प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुने र विभिन्न विधेयकहरू माथि छलफल हुने अपेक्षा गरिएको छ ।
Post Views: 37


