चैत्र १९ धनगढी । सडक निर्माण अलपत्र परेपछि सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय अगाडी“लास आन्दोलन” गरिएको छ । कञ्चनपुरको दैजी देखि जोगबुढा जोड्ने सडक निर्माण अलपत्र परेपछि बोलन्या थलीले साङ्केतिक रुपमा लास आन्दोलन गरेको हो ।
सडक निर्माणको ठेक्का लिएर नागार्जुन कन्स्ट्रक्सन लापता भएको बताउदै ’बोलन्या थलीका संयोजक यादव जोशीले सडक निर्माण नहुँदा नागरिकको जीवन लास जस्तै बनेको बताए । त्यसैले मुख्यमन्त्री कार्यालय धनगढी अगाडि सडक निर्माणको माग गर्दै लास आन्दोलन गरेको उनले बताए ।
केही दिन अघि परशुराम नगरपालिकाले निर्माण कम्पनीको लाफरबाहीका कारण लामो समय देखि अधुरो अवस्थामा रहेको उक्त सडक आयोजना प्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायसँग कडा कारबाहीको माग गरेको थियो ।
निर्माणमा भएको ढिलासुस्ती, लाफरबाही र जिम्मेवारीहीनताका कारण स्थानीयवासीले दैनिक आवागमनमा सास्ती भोग्नुपरेको नगरपालिकाले बताएको थियो । नगरपालिकाले निर्माण कम्पनी माथि आवश्यक कारबाही गरी चालु आर्थिक वर्ष भित्रै गुणस्तरीय रूपमा सडक निर्माण कार्य सम्पन्न गराउन पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।


