"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

No data was found

Khabar Raftar

चैत्र १८ धनगढी । सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा संलग्न चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार सामूहिक बलात्कार पछि हत्या भएको दाबी गर्दै चार जनाविरुद्ध अभियोग पत्र दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सरकारी वकिल कार्यालयका अनुसार आरोपितहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत जबर्जस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी कसुरमा अभियोग दायर गरिएको छ । अभियोग पत्रमा दफा २१९ को उपदफा (१), (२) र (७) बमोजिम सामूहिक जबर्जस्ती करणी तथा दफा १७७ (१) बमोजिम कर्तव्य ज्यानको कसुर पुष्टि भएको उल्लेख गरिएको छ ।

अभियोजन पक्षले उनीहरूलाई आजीवन कैद सजायको माग गरेको छ । साथै, दफा २१९ (३क), दफा २२८ र दफा १८६ अनुसार पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ । आरोपित बालकहरूलाई ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ नामकरण गरिएको छ ।

गत फागुन २३ गतेका दिन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ की १६ वर्षीया इनिशा विक विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । त्यही दिन वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

घटनापछि प्रहरीले उनका प्रेमी भनिएका १६ वर्षीय अनमोल गौलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । गौलीको बयान पछि थप तीन जना किशोरलाई पक्राउ गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित नेपाल प्रहरीका चार वटा टोलीले १९ दिन अनुसन्धान गर्नुका साथै अनुसन्धानका क्रममा उच्च प्रविधिको समेत प्रयोग गरिएको बताईएको छ ।

भर्खरै

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा
इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान
महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या
भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध
सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण
बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ
बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग
शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने
असमानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

39ca3cd0-a0a7-41aa-a033-df3bf536f902

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

f6115e88-b1fa-42a2-be79-2804e64b02ad

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

66fd0da2-249e-48a6-bbff-573fc830c9e1

महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या

77e73cf9-0a06-4e62-bb7c-4a44c56a0f3e

भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो

a6df4f0e-f31a-4ab5-bff4-3df5e9a90477

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध

5bc61c21-45ac-443a-9546-8521988c59fe

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

3b76423c-3047-4cda-b548-fda4a0c67a87

बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ

781efb39-c35c-4528-bd6d-adf248b288f9

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग