"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

No data was found

Khabar Raftar

चैत्र १८ कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविरमा ५ सय २० जनाको रगत परीक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त शिविरमा ३ सय ९४ जना महिला र १ सय २६ जना पुरुष गरी ५ सय २० जनाको रगत परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ४१ जनामा ट्रेट (बाहक) देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी गराए ।

ट्रेट देखिएका २९ जना महिला र १२ जना पुरुषलाई थप पुष्टि गर्न परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धनगढी पठाइएको उनले बताए । सिकलसेल एनिमिया र थालासेमिया दुवै वंशाणुगत रगत सम्बन्धी रोग भमएको उनले बताए ।

सिकलसेल एनिमियामा रातो रक्तकोशिकाको आकार हँसिया जस्तो हुने भएकाले शरीरका विभिन्न भागमा रगतको प्रवाह अवरुद्ध हुन सक्ने उनले बताए । यसले अत्यधिक पीडा, रक्तअल्पता, कमजोरी, बारम्बार सङ्क्रमण, छाती दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका समस्या निम्त्याउन सक्ने बताउदै भट्टले थालासेमिया हेमोग्लो बिनको मात्रा कम हुने रोग भएको बताए ।

जसका बिरामीलाई नियमित रूपमा रगत चढाउनु पर्ने हुन सक्ने बताउदै उनले समयमै उपचार नपाएमा यसले जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताए । यी रोग पूर्ण रूपमा निको नहुने भए पनि समयमै पहिचान, परामर्श तथा व्यवस्थापनबाट यसको असर कम गर्न सकिो भट्टले बताए ।

“विशेषगरी ट्रेट भएका व्यक्तिहरूबीच विवाह भएमा सन्तानमा रोग देखिने सम्भावना बढी हुने भएकाले स्क्रिनिङ आवश्यक भएको उनले बताए । समुदायस्तरमै यस्ता वंशाणुगत रोगको पहिचान र नियन्त्रण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उनले बताए ।

त्यसैगरी लालझाडी गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरबाट २ सय ४८ जनाले सेवा लिएका छन् ।

आँखा परीक्षणका क्रममा २८ जनामा मोतिबिन्दु देखिएकाले शल्यक्रियाका लागि रिफर गरिएको छ भने ३८ जनालाई रिडिङ ग्लास वितरण गरिएको छ । ग्रामीण क्षेत्रमा आँखा सम्बन्धी रोगको पहिचान तथा समयमै उपचार सेवा विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

भर्खरै

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा
इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान
महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या
भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो
यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध
सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण
बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ
बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग
शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ्ग धाममा हनुमान जयन्ती मनाइने
असमानता प्रतिवेदन २०२६ सम्बन्धी परामर्श तथा कार्यशाला सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

39ca3cd0-a0a7-41aa-a033-df3bf536f902

हिउँदमा पनि कर्णाली नदीले कटान गर्न थाले पछि टीकापुरको बस्ती जोखिममा

f6115e88-b1fa-42a2-be79-2804e64b02ad

इनिशा विक मृत्यु प्रकरणमा चार जना पुर्पक्षका लागि जेल चलान

66fd0da2-249e-48a6-bbff-573fc830c9e1

महाकाली सिँचाइ आयोजनाको पानी नियमित नहुँदा सिँचाइमा समस्या

77e73cf9-0a06-4e62-bb7c-4a44c56a0f3e

भीमदत्त नगरपालीका वडा नम्बर–३ को कार्यालय आठ दिनपछि खुल्यो

a6df4f0e-f31a-4ab5-bff4-3df5e9a90477

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध

5bc61c21-45ac-443a-9546-8521988c59fe

सिकलसेल तथा थालासेमिया स्क्रिनिङ शिविरमा ५ सय २० जनाको परीक्षण

3b76423c-3047-4cda-b548-fda4a0c67a87

बैतडीका कोली मृत्यु प्रकरणमा दुई जना पक्राउ

781efb39-c35c-4528-bd6d-adf248b288f9

बझाङको मालिका हातेकागज उद्योग पुनः सञ्चालन गर्न जेनजी अभियन्ताको माग