अहिले हावाहुरीको समय आई सकेको छ । हावाले हल्लीने वित्तिकै विद्युत जाने समस्या पुरानै समस्या हो । हावा नचल्दै खाजकाल विद्युत अनियमीत हुने गरेको छ । गर्मीको समयमा विद्युत अनियमीत हुदा जनताले समस्या झेल्नु परेको छ । नेपाल विद्युत प्राधीकरणले यस्ता विषयमा ध्यान दिन जरुरी छ । नेपाल विद्युत् प्राधिकरणले अझै सम्म विद्युतलाई ब्याबश्थापन गर्नसकेको छैन । हिउ“दको सुक्खायाममा प्राय यस्ता समस्याहरु देखिने गरेका छन ।
नेपालमा बिजुली नेपालीले उपयोग गर्न सक्ने भए पनि प्राविधीक कारणले पटक पटक जाने गरेको छ । यसमा सुधार आवश्यक छ । नेपालमा कसैले अन्धकारमा बस्न नपर्ने गरी विद्युतको ब्याबश्थापन गर्न जरुरी छ । नेपालमा जलविद्युत्को अपार सम्भावना हुदाहुदै पनि बिजुलीमा भारतको भर पर्नु पर्ने अबश्थाको अन्त्य गर्न जरुरी छ । जल सम्पदाको दोस्रो धनी देश नेपालमा प्रसस्तै विजुली उत्पादन गरी जल सम्पदाको भरपुर उपयोग गर्न सरकार लाग्न जरुरी छ ।
बिजुली अन्य देशलाई बेच्ने गरी उत्पादन गर्न तर्फ ध्यान केन्द्रित गर्न जरुरी छ । ठूला आयोजनाहरू धमाधम निर्माण गरेर उत्पादनलाई आन्तरिक र बाह्य बजारमा बिक्री गर्न सकिने भएकाले सरकारको ध्यान जान जरुरी छ । नेपालमा खुलेका उद्योगधन्दा चल्न आवश्यक बिजुली उत्पादनको योजना बनाउन जरुरी छ ।
ऊर्जाबिना कुनै उद्योग धन्दा चल्न सम्भव नभएकाले उर्जामा लगानी बढाउन जरुरी छ । सरकारले बिजुली उत्पादनमा ध्यान दिन जरुरी छ । दीर्घकालीन समाधानको बाटो अपनाउन जरुरी छ । बिजुलीले नेपाली अर्थतन्त्रलाई बलीयो बनाउने भएकाले यसतर्फ ध्यान दिन जरुरी छ । जल समपदाको दोस्रो धनी देश नेपालमा जल स्मपदाको सदुपयोग गरी विद्युत उत्पादन गरी विद्युत समस्याको समाधान गर्न जरुरी छ ।
नेपालको जल सम्पदाको सदुपयोग गरी नेपाललाई उज्यालो बनाउनुका साथै आर्थिक सम्बृद्धीका लागी हामी सबैले एकजुट भएर लाग्न जरुरी छ । नेपालको जल सम्पदाको उपयोग गरी नेपाललाई जल स्रोतको धनीदेश भएको प्रमाण दिन जरुरी छ । नेपाललाई सम्बृद्ध बनाउन जल सम्पदाको भरपुर उपयोग गर्न जरुरी छ ।

