"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

No data was found

Khabar Raftar

चैत्र १७ डडेल्धुरा । डडेल्धुरा अस्पतालमा दरबन्दी भएर पनि काजमा प्रदेश सरकार मातहतका अस्पतालममा खटिएका चार जना चिकित्सकको काज फिर्ता भएको छ । डडेल्धुरा अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न, लामो समय देखि शक्तिको आडमा सुगममा बस्दै आएका चार जना चिकित्सकको काज फिर्ता भएको हो ।

सर्वसाधारणले आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार पाउने वातावरण निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको काज फिर्ता गरेको जनाएको छ । मन्त्रालयले पहिलो चरणमा डडेल्धुरा, वीरगंज र सप्तरीका अस्पतालहरूलाई प्राथमिकतामा राखेर काज फिर्ताको निर्णय गरेको हो ।
डडेल्धुरा अस्पतालमा चार जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन् ।

नारायणी अस्पताल वीरगंजमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन् । डडेल्धुरा अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट (अधिकृत नवौँ) डा.सन्तोष कुमार गुप्ता काज फिर्ता भएका छन । उनी मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश अन्तर्गतको अस्पतालमा काजमा कार्यरत थिए ।

त्यसैगरी कन्सल्टेण्ट डर्माटोलोजिष्ट (अधिकृत नवौँ) डा.मिसन्ता शर्मा हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा कार्यरत रहेकोमा उनको काज डडेल्धुरा अस्पतालमा फिर्ता भएको छ । त्यसैगरी कन्सल्टेण्ट सर्जन (अधिकृत नवौँ) डा. नविन चन्द्र भट्ट र वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट (अधिकृत दशौँ) डा. सुयोग्य वाग्लेको डडेल्धुरा अस्पतालमा काज फिर्ता भएको छ ।

दुर्गम जिल्लाका सङ्घीय अस्पतालमा दरबन्दी रहेका केही चिकित्सक काजमा सुगम जिल्लाका अस्पतालमा बस्दै आएका छन् । उनीहरूले राजनीतिक पहुँच र शक्तिको भरमा लामो समय सम्म प्रदेश सरकार मातहतका अस्पतालमा काम गर्दै आएका छन् ।

प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थामा लामो समय सम्म बस्ने गरेका कारण दुर्गम जिल्लामा रहेका नागरिकले स्वास्थ्य उपचार नपाउने अवस्था रहेको भन्दै नयाँ मन्त्रीले सुगम जिल्लामा काजमा खटिएका चिकित्सकहरूको काज फिर्ता गर्न थालेको बताइएको छ ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प