"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

No data was found

Khabar Raftar

चैत्र १७ धनगढी । विद्यालय शिक्षा प्रणालीलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्य सहित सञ्चालन गरिएको प्राविधिक सहयोग मार्फत विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना (TECSES) सुदूरपश्चिम प्रदेशमा औपचारिक रुपमा सुरु भएको छ ।

संघीय तथा प्रदेश सरकारका उच्चस्तरीय प्रतिनिधि, फिनल्यान्ड दूतावास, युरोपियन युनियन, स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षा क्षेत्रमा क्रियाशील विकास साझेदारहरूको सहभागितामा कार्यक्रमको आयोजना गरी प्राविधिक सहयोग मार्फत विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना (TECSES) सुदूरपश्चिम प्रदेशमा औपचारिक रुपमा सुरु भएको हो ।

परियोजनाका प्रादेशिक संयोजक रामदास चौधरीले फिनल्यान्ड र युरोपियन युनियनको संयुक्त लगानीमा सञ्चालन भइरहेको परियोजनाले नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा टेवा पु¥याउने लक्ष्य राखेको बताए ।

परियोजनाले गुणस्तरीय र समावेशी शिक्षामा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयहरू तथा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए । परियोजना कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा लागू भइरहेको जानकारी गराउदै उनले सन् २०२४ मा कर्णालीबाट सुरु भएको कार्यक्रम अहिले अन्य दुई प्रदेशमा विस्तार भएको बताए ।

पाँच वर्षे अवधिको परियोजना सन् २०२९ सम्म सञ्चालन हुने उनले जानकारी गराए । मन्त्रालयका सचिव डा. हेमराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा परियोजनाको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गरेका थिए ।

कार्यक्रममा लक्षित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले सक्षम र स्वस्थ नागरिक निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य भएको बताउदै परियोजनाले महत्वपूर्ण योगदान गर्ने बताए ।

उनले परियोजनाको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताउदै परियोजनाले संघीय, प्रादेशिक र स्थानीय सरकारसँगै विश्वविद्यालयहरूसँग सहकार्य गर्दै शिक्षक शिक्षाको दीर्घकालीन विकासमा योगदान पु¥याउने बताए ।

शिक्षा तालिम केन्द्र, शिक्षा विकास निर्देशनालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालय प्रमुख साझेदारका रूपमा रहेको परियोजनाले प्रदेशका नौ वटा स्थानीय तहसँग मिलेर विद्यालय र शिक्षकलाई सशक्त बनाउने काम गर्ने उनले बताए ।

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय मार्फत दुई वटा विषयमा विशेषज्ञता सहितका नयाँ पाठ्यक्रम विकास भइरहेको जनकारी गराउदै उनले जसले शिक्षक शिक्षाको गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउने अपेक्षा गरिएको बताए ।

परियोजनाका प्रादेशिक संयोजक चौधरीले स्थानीय तह, शैक्षिक संस्था तथा साझेदार निकायसँग समन्वय गर्दै काम भइरहेको जानकारी गराए । शिक्षकहरूको आत्मविश्वास वृद्धि हुँदै गएको र विद्यालयहरू विशेषगरी सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाका लागि थप समावेशी बन्दै गएको उनले बताए ।

फिनल्यान्ड नेपालका लागि दीर्घकालीन शिक्षा साझेदारको रूपमा परिचित भएको बताउदै उनले शिक्षामा पहुँच विस्तार, गुणस्तर सुधार तथा समावेशितामा निरन्तर योगदान दिँदै आएको बताए । परियोजनामा फिनल्यान्डका विभिन्न शैक्षिक संस्था तथा गैरसरकारी साझेदारहरूको प्राविधिक सहयोग रहेको उनले बताए ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प