"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य प्रभावित

No data was found

Khabar Raftar

चैत्र १५ कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको निर्माण कार्य प्रभावित भएको छ । ‘गाइडबन्ड’ (बाँध) को परिवर्तित ढाँचा स्वीकृत नहुँदा महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको निर्माण कार्य प्रभावित भएको हो ।

दुई वर्षअघि सम्पन्न गर्ने लक्ष्य सहित तीव्र गतिमा अघि बढाइएको आयोजना गत वर्ष आएको बाढीपछि जटिल बन्दै गएको छ । बाढीले पुलको गाइडबन्डमा क्षति पु¥याए पछि पुनः डिजाइन गर्नुपर्ने अवस्था आएका कारण परिवर्तित ढाँचा स्वीकृत हुन नसक्दा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो ।

महाकाली पुल आयोजना कार्यालयका प्रमुख नेत्र देवकोटाले पुलको उत्तरतर्फको गाइडबन्ड महाकाली नदीले भत्काए पछि गत जेठ–असार महिनामा नेपाली सेनाले अस्थायी संरचना बनाएर थप क्षति हुनबाट जोगाएको बताए । अहिले स्थायी रूपमा पुनर्निर्माण गर्न ढाँचा परिवर्तन गरिएको भए पनि स्वीकृति नभएकाले काम रोकिएको उनले जानकारी गराए ।

बाढी जोखिम न्यूनीकरणका लागि अघिल्लो सरकारले उक्त क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरी तीन महिना सम्म गाइडबन्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । अब परिवर्तित ढाँचा स्वीकृत भएपछि पुरानै निर्माण कम्पनीलाई निरन्तरता दिने वा नयाँ ठेक्का प्रक्रिया अघि बढाउने विषयमा निर्णय गरिने आयोजना कार्यालयले जनाएको छ ।

ढाँचा स्वीकृतिका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको बताइएको   छ । सुरुमा गाइडबन्ड निर्माणका लागि २ सय ५० किलोभन्दा बढी तौलका ढुङ्गा प्रयोग गर्ने योजना भए पनि आवश्यक परिमाणमा ठूला ढुङ्गा उपलब्ध नभए पछि डिजाइन परिवर्तन गरिएको बताइएको छ ।

संशोधित योजना अनुसार पोखरीतर्फ ग्राभेल र नदीतर्फ कटान रोक्न ‘प्लम कङ्क्रिट’ प्रयोग गरिएको निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ–सिएफइसी जेभीका इञ्जिनियर किशोर पाण्डेले बताए ।

भेरिएसन अर्डर स्वीकृत नहुँदा काम प्रभावित भएको बताउदै उनले आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग अनुरोध गरिए पनि सुनुवाइ नभएकाले कम्पनीले ठेक्का तोड्ने प्रक्रिया सुरु गरिसकेको बताए ।

समयमै भेरिएसन अर्डर स्वीकृत भई बजेट उपलब्ध भएको भए पुल निर्माण सम्पन्न भइसक्ने उनले बताए । तोकिएको समय भित्र काम सक्ने वातावरण बनाउन आग्रह गर्दा पनि अपेक्षित सहयोग नपाएको उनले बताए ।

पुलको दुवैतर्फ करिब दुई हजार ६ सय मिटर लम्बाइका पोखरीसँगै गाइडबन्ड निर्माण गर्नुपर्ने उनले बताए । तीन अर्ब ६६ करोड रुपैयाँ लागतको उक्त आयोजना विसं २०७४ भदौ दोस्रो साता सुरु गरिएको थियो । पुल क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले दुवैतर्फ पोखरी निर्माण गरिएको छ ।

उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा र दक्षिणतर्फ करिब ०.३ वर्गकिला ेमिटरका दुई वटा पोखरी निर्माण भइरहेको बताउदै उनले ढाँचा स्वीकृतिमा ढिलाइ हुँदा गाइडबन्ड तथा पोखरी भित्रका संरचनाको काम रोकिएको बताए ।

हालसम्म आयोजनाको वित्तीय प्रगति ९३.२५ प्रतिशत र भौतिक प्रगति ९५ प्रतिशत पुगेको निर्माण कम्पनीले जनाएको छ ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए