चैत्र १५ धनढी । राष्ट्रिय योजना तथा नीति आयोगले अपाङ्गता भएका बालबालिकाका अभिभावकहरूसँग पञ्चवर्षीय योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार आयोगले सुदूरपश्चिम प्रदेशको धनगढीमा विभिन्न जिल्लाबाट आएका अभिभावक, सरोकारवाला निकायका प्रतिनिधि तथा विषय विज्ञहरूको सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरेकोे हो ।
अपाङ्गता भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा पुनस्र्थापना सम्बन्धी विषयमा कार्यक्रममा विस्तृत छलफल गरिएको थियो । कार्यक्रम्मा सहभागी अभिभावकहरूले आफ्ना अनुभव, भोगाइ तथा समस्याहरू राख्र्दैै आगामी पञ्चवर्षीय योजनामा समावेश गरिनुपर्ने बताएका थिए ।
अभिभावकहरूले सहायक सामग्रीको सहज उपलब्धता, स्वास्थ्य बीमा अन्तर्गत आवश्यक औषधिहरू निःशुल्क व्यवस्था, विद्यालयहरूमा समावेशी शिक्षा प्रणालीको सुदृढीकरण तथा मानसिक स्वास्थ्य सेवाको विस्तारमा विशेष जोड दिएका थिए । त्यसैगरी समुदायमा आधारित मानसिक स्वास्थ्य तालिम र टेली–मानसिक स्वास्थ्य सेवाको पहुँच बढाउनु पर्ने सुझाव पनि सहभागीहरुले दिएका थिए ।
कार्यक्रममा आयोगका पदाधिकारीहरूले अपाङ्गता भएका बालबालिकाको समावेशी विकास सरकारको प्राथमिकतामा रहेको बताउदै अभिभावकहरूबाट प्राप्त सुझावहरूलाई आगामी पञ्चवर्षीय योजनामा समेटिने प्रतिबद्धता व्यक्त गरेका थिए । नीति निर्माण प्रक्रियामा सरोकारवालाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उनीहरूले बताएका थिए ।
अन्तरक्रियाले अपाङ्गता भएका बालबालिकाको हकहित सुनिश्चित गर्न तथा दीर्घकालीन, समावेशी र व्यवहारिक योजना निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी कोशिस नेपालका मनोज चौधरीले सहायक सामग्रीको उपलब्धता पहुंच–को सुनिश्चितता हुनुपर्ने बताए ।
अपाङ्गताको अवस्था अनुसारको सहायक सामाग्री उपलब्ध गराउनु पर्ने बताउदै उनले स्वास्थ्य बिमा अन्र्तगत उपलब्ध हुने १२ प्रकारका औषधी सर्व मूलय रुपमा उपलब्ध हुनुपर्ने बताए । लोक सेवाको परिक्षा तथा राजनितीक सेवामा – मगज विग्रेको “ शब्द हटाउनु पर्ने बताउदै उनले psychosocical Conseller उपलब्ध गराउनु पर्ने बताए ।
त्यसैगरीे समुदायमा अधारित मानसिक स्वास्थ्य female community Health volunteers -FCHVs तालिमको उपलब्धता हुनु पर्ने बताउदै उनले त्भTele mental Health टेली मानसिक स्वास्थ्यको व्यवस्था हुनु पर्ने बताए । online counsellin, counselling.सेवा सुरु गनुपर्ने बताउदै उनले psychological first Aid -PFA_को निर्माण गनुपर्ने बताए ।
बिद्यालय मानसिक स्वास्थ्य कार्यक्रम गनुपर्ने बताउदै उनले घुम्ती मानसिक स्वास्थ्य सेवा निर्माणको योजना बनाउनु पर्ने बताए । कलंक (कतष्नmब० हटाउने कार्यकम अत्य जरुरी भएको बताउदै उनले सामाजिक बहिष्कार नै मुख्य समस्या भएको बताए । त्यसैगरी नेपाल अपाङ् महिला संघका पूर्ब अध्यक्ष अनिता ढुङ्गानाले अपाङ्गता भएका व्यक्तिलाई रोजगारीको ग्यारेन्टी हुन जरुरी भएको बताईन ।
त्यसैगरी नेपाल अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश पूर्ब अध्यक्ष मानबहादुर साउँले सुदूरपश्चिम प्रदेशले बनरक्षकका लागि अपाङ्ता भएका व्याक्तिलाई एक नासको प्रयोगात्मक परिक्षा दिने गरेको कार्यप्रति आपत्ती जनाए । सरकारले निर्माण गरेको भौतिक संरचना अपाङ्ता मैत्री बनाउनु पर्ने बताउदै उनले देशका अरु ठाउँमा अपाङ्ता व्याक्तिालाई यातायातमा छुट दिने गरेको, भए पनि सुदूरपश्चिम प्रदेशका यातायात व्यावसायीले छुट नदिएकाले छुटको ब्याबश्था गर्नु पर्ने बताए ।
त्यसैगरी रामप्रसाद जोशीले सुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउँमा अझै सूचना प्रबिधिबाट टाढाँ रहेको बताए । अपाङ्ता भएका व्याक्तिलाई स्वास्थ्य सहायक सामाग्रीको अभाव हुँदा विभिन्न काम गर्न असहज हुँने गरेको उनले बताए । कार्यक्रममा राष्ट्रिय योजना तथा नीति आयोगका सचिब गणेश सिह र राष्ट्रिय योजना तथा नीति आयोग सदस्य नृप सुनारको उपस्तिथीती रहेका थियो ।


