चैत्र ११ धनगढी । खप्तड विकास समितिको अध्यक्षमा जमुना कुमारी चन्द नियुक्त भएकी छिन् । मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रि परिषदको् बैठकले बझाङको जयपृथ्वी सिंह नगरपालिका वडा नम्बर–१० की चन्दलाई अध्यक्षमा नियुक्त गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले मङ्गलबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा चन्दलाई नियुक्त गरिएको जानकारी गराए । चन्द स्थानीय निर्वाचनमा नेकपा एमालेबाट जयपृथ्वी सिंह नगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिइन ।
त्यसैगरी सदस्यमा बाजुराका मीनबहादुर शाही, डोटीकी मयादेवी कुँवर र बझाङकी गोकुल देवी सिंहलाई प्रदेश सरकार मातहत चार वटा विकास समिति रहेका छन् । पदाधिकारी नियुक्त गर्न बाँकी समितिको चाँडै नियुक्ति टुङ्ग्याइने मन्त्री सार्कीले जानकारी गराएका छन ।
Post Views: 53


