चैत्र १० धनगढी । सुदूरपच्चिम प्रदेशका ५ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने भएका छन । यही चैत्र १२ गते दीपक बोहरा, आकृति अवस्थी र हरिना कामीले डोटेली भाषामा,गीता चौधरीले थारु भाषामा र कृपाराम रानाले रानाथारु भाषामा शपथ लिने भएका हुन ।
दीपक बोहरा, आकृति अवस्थी र हरिना कामी तिनै जना डडेल्धुराका बासिन्दा हुन् भने बोहरा कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिन्धिि सभा सदस्य हुन । त्यसैगरी, गीता चौधरी र कृपाराम राना दुवै जना कञ्चनपुरबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य बनेका हुन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथग्रहण चैत्र १२ गते हुने भएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सबैभन्दा ज्येष्ठ सदस्य रहेका नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिए पछि अन्य सांसदहरुका लागी चैत्र १२ गते शपथग्रहण हुने भएको हो ।
यसपटक २४ जना सांसदहरूले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने इच्छा व्यक्त गरेका छन् । शपथ सम्बन्धी ऐन २०७९ अनुसार सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था रहेको छ । सोही आधारमा सांसदहरूले आफूले रोजेको भाषाको विवरण संसद सचिवालयमा दर्ता गराएका हुन् ।


