"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा दरबन्दी विवादले ६ महिना देखि विद्यालयमा गणीत विषयको पठन पाठन अबरुद्ध

No data was found

Khabar Raftar

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको गणेश माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी मिलान सम्बन्धी भएको विबादका कारण ६ महिना देखि गणित विषयको पठनपाठन अवरुद्ध भएको छ ।

बेलडाँडी गाउँपालिकाको वडा नंम्बर ५ भुर्सास्थित गणेश माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी मिलानमा भएको विवादका कारण ६ महिना देखि गणित विषयको पठनपाठन अवरुद्ध भएको हो ।

गत असोज ९ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नम्बर २ स्थित रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा गणित शिक्षक कृपाराम उपाध्यायलाई दरबन्दी मिलान तथा व्यवस्थापनका लागि गणेश माध्यमिक विद्यालय, मोहनपुर भुर्सामा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले तयार पारेको प्रस्तावका आधारमा गाउँपालिका अध्यक्ष हरिसचन्द्र रानाले गणित विषयका स्थायी शिक्षक उपाध्यायलाई गणित विषयको स्थायी दरबन्दी नभएको गणेश माध्यामीक विद्यालयमा राहत दरबन्दीमा मिलान गर्ने निर्णय गरेपछि उपाध्याय असन्तुष्ट बनेका थिए ।

वि.सं.२०७६ देखि रौलेश्वर माध्यामीक विद्यालयमा गणित शिक्षक तथा प्रधानाध्यापक रहेका उपाध्यायले उक्त निर्णय विरुद्ध प्रशासकीय अदालतमा निर्णय खारेजीको माग गर्दै निवेदन दर्ता गरेका थिए ।

अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, शिक्षा ऐन, २०८२, शिक्षा नियमावली, २०५९, शिक्षक सरुवा निर्देशिका,२०८१ तथा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ विपरीत पदस्थापन गरिएको ठहर गरेको छ ।

अदालतले उपाध्यायलाई रौलेश्वर माध्यामीक विद्यालयमै अध्यापन गराउन आदेश दिएको भए पनि गाउँपालिकाले उक्त आदेशविरुद्ध पुनरावेदन दिएको थियो । पुनरावेदनको टुङ्गो नलाग्दा सम्म उपाध्यायलाई यथास्थितिमा राख्न अदालतले गत कात्तिक २७ गते अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेश अवज्ञा गर्दै गाउँपालिका अध्यक्ष राना र शिक्षा शाखा प्रमुख जोशीले उपाध्यायलाई गणेश माध्यामीक विद्यालयमा अध्यापन गराउन दबाब दिएको गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले बताईन । कार्यविधि विपरीत निर्णय नगर्न आग्रह गर्दा पनि मनोमानी भएको उनले बताएकी छिन ।

गणेश माध्यामीक विद्यालयमा गणित शिक्षक अभाव हुँदा विद्यार्थीहरूको पठन पाठन प्रभावित बनेको छ । साथै, शिक्षा शाखाले विगत ६ महिना देखि उपाध्यायको तलब समेत रोक्का गरेको पाइएको छ । रौलेश्वर माध्यामीक विद्यालयमा अध्यापन गराउँदै आएका उपाध्यायले लामो समय देखि तलब नपाएको गुनासो गरेका छन ।

शिक्षा शाखा प्रमुख जोशीले भने गणेश माध्यामीक विद्यालयमा शिक्षक अभाव भएपछि उपाध्यायलाई पठाउन खोजिएको भए पनि नजाँदा समस्या भएको बताएका छन ।

आगामी शैक्षिक सत्रदेखि नियमित पठनपाठन सञ्चालन गर्न पहल गरिने उनले बताए । केही दिन भित्रै फागुन सम्मको तलब खातामा पठाइने पनि उनले जानकारी गराएका   छन ।

भर्खरै

शिक्षा क्षेत्रलाई नियमन गरौ
महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य प्रभावित
बैतडीको पञ्चेश्वर गाउँपालिकामा सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु
मोहना नदीमा तटबन्ध निर्माण भए पछि राहत महसुस
ओलीलाई पक्राउ गरेको विरोधमा धनगढीमा आइतबार पनि प्रदर्शन
सरकारी जागिर लगाउने भन्दै सवा एक करोड ठगी गर्ने कोली पक्राउ
सु.प. समावेशी विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न
बाजुरामा महिलाको आलु खेती प्रति आकर्षण बढ्दो
अपाङ्गता भएका बालबालिकाको समावेशी विकासका लागि अभिभावकसँग अन्तरक्रिया
असल नागरिकको भूमीका निर्बाह गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

शिक्षा क्षेत्रलाई नियमन गरौ

mahakali

महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य प्रभावित

baita

बैतडीको पञ्चेश्वर गाउँपालिकामा सुकुमवासीलाई जग्गा दिन नापजाँच सुरु

tat

मोहना नदीमा तटबन्ध निर्माण भए पछि राहत महसुस

1

ओलीलाई पक्राउ गरेको विरोधमा धनगढीमा आइतबार पनि प्रदर्शन

b9c240d5-9a8f-4fc0-945d-853c51c5bb9d

सरकारी जागिर लगाउने भन्दै सवा एक करोड ठगी गर्ने कोली पक्राउ

e0d418a3-1487-436f-a389-fc8f80a967d2

सु.प. समावेशी विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न

c21dd591-1f03-4594-b7a9-f7fabce012a5

बाजुरामा महिलाको आलु खेती प्रति आकर्षण बढ्दो