कोरोनाकनलमा निर्माण गरिएका संरचनाहरु प्रयोगविहीन हु“दा जीर्ण बन्दै गएका छन । खरबौ रुपैया लगानी गरेर निर्माण गरिएका भौतीक सम्रचनाहरु प्रयोग विहिन हु“दा राज्यको सम्पती खेर गईरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माण गरिएका करोडौका भौतिक सम्रचनाहरु प्रयोगमा आउन नसक्दा जीर्ण बन्दै गएका छन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा निर्माण गरेको एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगमा आउन नसक्दा जीर्ण बन्दै गएको छ । सालघारीमा एक हजार शय्या क्षमताका २२ ठूला संरचना, ५० शय्याका दुई वटा स्वास्थ्यकर्मीका लागि बनाइएका संरचना,२२ वटा शौचालय र १५ वटा भान्साका लागी बनाईएका संरचना जीर्ण बन्दै गएका हुन ।
त्यसैगरी धनगढी वडा नम्बर ३ मा रहेको होल्डिङ सेन्टर पनि जीर्ण बन्दै गएको छ । नेपाली सेनाले सुरक्षा गरिरहेको भए पनि करोडौ लगानीमा बनेका होल्डिङ सेन्टरको उपयोग हुन नसक्दा राज्यको लगानी खेर जाने देखिएको छ । त्यसैले यस्ता संरचनाहरुको उपयोग गर्न जरुरी छ ।
निर्माण गरिएका भौतिक संरचनाहरुलाई उपयोग गरी राज्यको सम्पतीको सुरक्षा गर्न जरुरी छ । स्वाश्थ्यका लागी निर्माण गरिएका संरचनाहरु स्वाश्थ्यकै लागी प्रयोगमा ल्याउन जरुरी छ ।
सेती प्रादेशिक अस्पतालमा विरामीको संख्या बढ्दै जानु र बेडको अभाव हुनुले विरामीहरुले सास्ती खेप्नु परेको अबश्थामा वडा नम्बर ३ मा बनाइएको होल्डिङ सेन्टरलाई अस्पतालका रुपमा सञ्चालन गरी सदुपयोग गर्न जरुरी छ । कारोना जस्तै अरु समस्या पनि आउन सक्ने भएकाले सम्बन्धीत निकायले समयमै बनेका संरचनाहरुको सुरक्षा संरक्षण गर्न जरुरी छ ।
करोडौ रुपैया खर्च गरेर निर्माण गरिएका होल्डिङ सेन्टरको सदुपयोग गरी संरक्षण गर्न जरुरी छ । आउन सक्ने विपत्तीहरुलाई मध्यनजर गर्दै समयमै सचेत हुन जरुरी छ । निर्माण गरिएका संरचनाहरुको सदुपयोग गर्न जरुरी छ ।

