काला र गोराका विचमा हुने भेदभाव अनि दास प्रथाका विरुद्धमा गरिएको आन्दोलनको सम्झनामा हरेक वर्षको मार्च २१ तारीखका दिन जातीय भेदभाव विरुद्धको दिवस मनाईने गरिएको छ । सन् १९६० मा दक्षिण अफ्रिकामा मार्च २१ का दिन जातीय भेदभाव विरुद्ध निकालिएको शान्तीपूर्ण ¥र्यालीमा प्रहरीले अमानविय दमन गर्दै निशस्त्र ६० जनाको निर्मम हत्या गरेको संझनामा जातीय भेदभाव विरुद्धको दिवस मनाईने गरिएको हो ।
संसार भरि विभिन्न ¥र्याली, जनचेतनामुलक कार्यक्रम अनि कार्यशाला गर्दै यो दिवस मनाउने गरिएको छ । जातीय विभेदले आज पनि संसारभरीका देशहरुमा जरो गाडेर वसेको छ । नेपालमा अहिले पनि जातीय विभेद चरम उत्कर्षमा रहेको छ । जातीय विभेदकै कारण अन्तरजातीय विवाह गर्ने जोडीहरुले ज्यान गुमाउनु परेको छ । गाउघरमा अझै पनि दलितहरुले जातकै कारण छिछि र दुरदुर सहनु परेको छ ।
नेपाल एकीकरण पछी तयार गरिएको जातीय संरचनाका कारण जातीय उत्पीडनका श्रृखंलाहरु बढ्दै गएका छन । जातीय उत्पीडन र असमान सामाजिक मूल्य मान्यताको शिकार दलितहरु हुदै आएका छन । सतीप्रथा, दासप्रथा हुदै विस्तारै कमैया प्रथा, कमलरी प्रथा आदीको अन्त्य गर्दै आएको स्वतन्त्र अनि समान नेपाली समाजले जातीय उत्पीडन र विभेदको अन्त्य गर्न नसक्नु ईच्छा शक्तिको अभाव हो भन्ने पुष्टि गरेको छ ।
जातीय आधारमा विभेद गर्नु र दलितहरुको मर्यादा माथी आघात पूर्याउनु दण्डनीय अपराध भए पनि यसको अन्त्य हुन नसक्नुले सरकारको चरित्रमाथी प्रश्न चिन्ह खडा गरेको छ । आजको दिनको महत्वबोध गरेर जातीय भेदभाव विरुद्धको दिवस सरकारी स्तरबाटै मनाउनुका साथै जातीय विभेदको अन्त्यमा सरकार जिम्मेवार बन्न जरुरी छ ।
यही उदेश्य प्राप्तीको कामना सहित ६१ औ अन्र्तराष्ट्रिय जातीय उन्मुलन दिवस २१ मार्चको मानव पहिचानको लडाईमा सघर्ष गर्दै आएका सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौ । जातीय विभेदको अन्त्य गर्न एकजुट भएर लाग्न दिवसले सबैलाई उत्प्रेरणा दिन सफल होस यही ६१ औ अन्र्तराष्ट्रिय जातीय उन्मुलन दिवस २१ मार्चको सबैलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

