"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नवीनतम कृषि प्रविधि सम्बन्धी तीन दिने तालिम सम्पन्न

No data was found

Khabar Raftar

चैत्र ०६ धनगढी । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयमा कार्यरत अधिकृतहरूका लागि आयोजना गरिएको नवीनतम कृषि प्रविधि सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा विकसित नयाँ प्रविधिहरूबारे जानकारी दिने उद्देश्यले चैत ३ गते देखि सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजीत नवीनतम कृषि प्रविधि सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको हो ।

तालिमको उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाले कृषि विकासका लागि नार्कसँग सहकार्य गर्न प्रदेश सरकार सधैं तयार रहेको बताए । उनले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउने र किसानका समस्या समाधान गर्न अनुसन्धानलाई थप प्रभावकारी बनाउनु पर्ने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव शंकर साहले बीउबिजन र प्रविधिको उपलब्धताका लागि अनुसन्धान र प्रदेशबीच सहकार्य आवश्यक रहेको बताए । यस्ता कार्यक्रमले कृषि प्राविधिकहरूलाई नयाँ प्रविधिबारे अद्यावधिक रहन मद्दत पुग्ने उनले बताए ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साखले परिषद्ले स्थानीय र प्रदेश स्तरका प्राविधिकहरूका लागि निरन्तर तालिम सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताए ।

तालिममा सहभागीहरूका तर्फबाट बोल्दै दिपकराज ओझाले किसानका समस्या समाधानका लागि अनुसन्धानबाट प्राप्त उपलब्धिहरू सिक्न पाउँदा खुसी लागेको बताए ।

तालिममा बालीनाली, बीउबिजन, कृषि यान्त्रिकीकरण, माटो व्यवस्थापन, रोगकीरा नियन्त्रण, फलफूल, तरकारी, खाद्य तथा उत्पादनपश्चात् हुने क्षति न्यूनीकरण, आलु, सामाजिक–आर्थिक तथा जलवायु–मैत्री कृषि प्रविधि जस्ता विषयमा परिषद्ले विकास गरेका नयाँ प्रविधिहरूबारे प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा विनेशमान साखः, डा. कालिकाप्रसाद उपाध्याय, डा. श्रीप्रसाद बिष्ट, डा. सुधा सापकोटा, डा. उमेश आचार्य, डा. घनश्याम भण्डारी, दिपक पाण्डे, रोमन कार्की, सागर महर्जन लगायतले प्रशिक्षण दिएका थिए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण