कसै कसैले दलित शब्दलाई कमाई खाने भाडो बनाएका छन भने कतीपयको टाउको दुखाईको विषय बनाएका छन । एनजीओहरुले दलिद शब्दलाई कमाई खाने भाडो बनाएका छन भने कतीपय सुकिला मुकिलाहरुले दलित शब्द टाउको दुखाईको विषय बनाएका छन । दलित शब्दले केही विगारेको छैन भन्ने कुरा नबुझेर हटाउनु पर्छ भन्ने माग राख्ने हरुका लागी टाउको दुखाईको विषय बनेको छ । दलित हटाएर सदीयौ बर्ष देखि दलितहरुमाथि हुदै आएको उत्पडीनको अन्त्य हुदैन भन्ने कुरा उनीहरुले बुझन जरुरी छ ।
आफुलाई दलित भन्न नरुचाउनेहरुको आत्मरतीका लागी मात्रै दलित शब्द हटाउने विषय मुख्य हुन सक्छ । दलित शब्द विकासको र परिबर्तनको बाधक होईन भन्ने कुरा बुझन जरुरी छ । त्यसैले दलित शब्दलाई नभई पुरातनबादी सोचलाई कसरी भत्काउन सकिन्छ भनेर सोच्न आवश्यक छ । संविधानबाटै दलित शब्द हटाउनु भनेको पहिचान हटाउनु हो । दलितहरुले गर्दै आएका सिपकलाको ईतिहास मेटाउनु हो । दलितहरुलाई संविधानले विभेद गरेको होईन,जातीय भेदभाव र छुवाछूत पनि गरेको होईन । गर्नेलाई कडा कानुनी कारवाही गर्नु भनेको हो ।
पुरातनबादी सोचले गलेकाहरु कार्यान्वयन गर्ने स्थानमा भएर समस्या भएको हो । जातीय विभेद र छुवाछूत गर्नु हुदैन भन्ने सन्देश दिने पाठ्य सामाग्री बनाउन सके र भएका कानुनी ब्याबश्थाको प्रभावकारी कार्यान्वयन गर्न सके समस्याहरुको समाधान अबश्य हुन्छ । नेपाली समाजलाई विभेद रहित र सास्कृतिक रुपले उन्नत र सभ्य बनाउन सक्ने गरी नीति निर्माण गर्न जरुरी छ । दलितहरुले सदियौं देखि भोग्दै आएको जातीय विभेद र छुवाछूत जस्तो समस्यालाई सतही रुपले मात्र बुझेका कारण समस्या हुने गरेको छ ।
दलितहरुले भोग्दै आएको राजनैतिक, समाजिक आर्थिक र सांस्कृतिक समस्याका बारेमा राज्य गम्भिर हुन जरुरी छ । मान्छे भएर बा“च्न समेत नपाउने गरी जातीय विभेद र छुवाछूतको अमानवीय व्यवहार भोग्न बाध्य दलित समुदायले दलित शब्द हटाउन होईन पुरातनबादी सोचलाई हटाउन तर्फ लाग्न जरुरी छ । दलित शब्द आफैमा विभेद होईन भन्ने कुरा बुझेर मान्छेको सोच हो भन्ने बुझन जरुरी छ ।
दलितहरु आफैमा एकता हुन जरुरी छ । शब्द बदलेर विभेदको अन्त्य हुदैन भन्ने बुझेर सदियौं देखि दलितहरुले भोग्दै आएको जातीय विभेद हटाउन एउटै विचार र उदेश्यका साथ एकताब द्ध हुन जरुरी छ । पुरातनबादी सकिर्ण सोचका विरद्ध लडन जरुरी छ ।

