"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको बर्दगोरिया गाउँपालिका स्थित गौशालामा राखिएका गाईको अवस्था दयनीय

No data was found

Khabar Raftar

चैत्र ०४ धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित गौशालामा राखिएका सयौँ गाईको अवस्था दयनीय बनेको छ । पर्याप्त खाना र व्यवस्थापनको अभावमा गाईहरूको अवस्था दयनीय बनेको हो । जसले गर्दा गाईहरूको दैनिक मृत्यु समेत भइरहेको स्थानीयले बताएका छन् । केहि दिन अघि गौशालाको अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस विषयमा चासो बढेको छ ।

गौशालामा राखिएका गाईहरू अत्यन्त दुब्लो देखिने, खानाको अभाव हुने र उचित व्यवस्थापन नदेखिएको भन्दै स्थानीय तथा पशु अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । बर्दगोरिया गाउँपालिकाका पशु शाखा प्रमुख जयप्रकाश कोइरालाले गौशालामा रहेका गाईहरूको हेरचाह मुख्य रूपमा चराइमा निर्भर रहेको बताए ।

गौशाला जंगल नजिकै भएकाले गोठालाहरूले बिहान गाईहरूलाई जंगलमा चराउन लैजाने र साँझ फर्काउने व्यवस्था गरिएको उनले बताए । अहिले हिउँदको समय भएकाले जंगलमा घाँस कम हुने र चिसोका कारण गाईहरू केही कमजोर देखिएको हुन सक्ने कोइरालाले बताए । ‘गौशाला जंगल नजिकै भएको बताउदै उनले गोठालाहरूले बिहान चराउन लैजाने गरेको बताए ।

हिउँदको समयमा घाँस कम पाइने भएकाले गाईहरू केही दुब्ला देखिएका हुन सक्ने उनले बताए । कोइरालाले गौशालामा ठूलो संख्यामा गाई भएकाले उपलब्ध बजेटले सबै व्यवस्थापन गर्न कठिन भइरहेको बताउदै व्यवस्थापनका लागि बजेट थप गर्ने भन्ने विषयमा हाल कुनै छलफल नभएको उनले जानकारी गराए ।

गौशाला सञ्चालक समितिका अध्यक्ष देव चौधरीले हाल गौशालामा करिब २ सय १५ वटा गाई भएको बताए । गौशालामा ६ जना कर्मचारी राखिएको बताउदै उनले तीमध्ये चार जना कर्मचारीले गाईहरूलाई जंगलमा चराउन लैजाने काम गर्ने र दुई जनाले गोठ सफा गर्ने र अन्य व्यवस्थापनको काम गर्ने गरेको बताए ।

गाउँपालिकाले गौशालाका लागि वार्षिक १० लाख रुपैयाँ बजेट छुट्याएको भए पनि उक्त रकम कर्मचारीको तलबमै धेरै खर्च हने गरेको उनले बताए । खानापानीको व्यवस्थापन गर्न कठिन भइरहेको बताउदै चौधरीले विशेष गरी हिउँदको मौसममा घाँस कम हुने भएकाले गाईका लागि पराल र भुसको आवश्यकता बढ्ने भएकाले बजेट अभावले नियमित व्यवस्था गर्न कठिन भइरहेको बताए ।

त्यसैगरी गौशालाको भौतिक संरचना पनि निकै कमजोर अवस्थामा रहेको पाइएको छ । गोठका छाना पुराना र जीर्ण भएका कारण पानी पर्दा पानी चुहिने समस्या देखिएको गौशाला सञ्चालक समितिले जनाएको छ । छानोबाट पानी चुहिँदा गाईहरूलाई बस्न असहज हुने र गोठ भित्रको वातावरण पनि चिसो तथा फोहोर हुने गरेको छ ।

गौशाला सञ्चालक समितिका अध्यक्ष चौधरीले समस्याबारे गाउँपालिकालाई जानकारी गराइ सकिएको बताए । गाउँपालिकाबाट इन्जिनियरलाई बोलाएर गोठको संरचना निरीक्षण गराइएको र मर्मतका लागि आवश्यक लागतको प्रारम्भिक मापन पनि गरिएको उनले बताए ।

छानो मर्मत तथा संरचना सुधार गर्न बजेट आवश्यक भए पनि हाल उपलब्ध स्रोत सीमित भएकाले काम अघि बढाउन कठिन भइरहेको उनले बताए । भौतिक संरचना कमजोर हुँदा गाईहरूको स्वास्थ्यमा समेत असर पर्ने जोखिम देखिएको बताउदै उनले गौशाला व्यवस्थापन समितिले प्रदेश सरकारसँग पनि सहयोग मागेको बताए ।

ट्र्याक्टर–ट्रली र भुस काट्ने मेसिन उपलब्ध गराइदिन माग गरिए पनि हालसम्म कुनै सहयोग प्राप्त नभएको चौधरीले बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण