"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली भन्सार कार्यालयद्वारा पाँच अर्ब ४० करोड राजस्व संकलन

No data was found

Khabar Raftar

चैत्र ०४ धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को साउन देखि फागुन मसान्त सम्म पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेकोे हो ।

कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख र अन्यतर्फ एक अर्ब २१ करोड ६६ लाख राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी गराएका हुन ।

चालु आर्थिक वर्षमा नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएकोमा भन्सार कार्यालयले आठ महिनामा वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको उनले जानकारी गराए ।

चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको बताउदै सूचना अधिकारी तिमिल्सिनाले साउनमा ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ५७ करोड ८० लाख, भदौमा ७४ करोड २१ लाख लक्ष्य रहेकोमा ५३ करोड ७० लाख, असोजमा ७६ करोड ७७ लाख लक्ष्य रहेकोमा ६७ करोड ७८ लाख र कात्तिकमा ८४ करोड ६७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ७२ करोड ५४ लाख मात्रै राजस्व सङ्कलन भएको जानकारी गराए ।

त्यसैगरी मङ्सिर महिनामा ७८ करोड ३३ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ६८ करोड ९१ लाख, पुसमा ८१ करोड २५ लाख लक्ष्य रहेकोमा ७४ करोड ६५ लाख, माघमा ७६ करोड नौ लाख लक्ष्य रहेकोमा ६८ करोड ८२ लाख र फागुन महिनामा ७७ करोड १४ लाख लक्ष्य रहेकोमा ७६ करोड ४४ लाख मात्रै राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।

गत आर्थिक वर्ष २०८१÷८२ मा राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको बताउदै सूचना अधिकारी तिमिल्सिनाले गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकोमा आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको जानकारी गराए । वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प