चैत्र ०४ कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले गरेको दलबन्दी मिलानको विषय अदालत पुगेपछि वडा नम्बर ५ भुर्षामा रहेको गणेश माध्यामीक विद्यालय गणित शिक्षक विहीन बनेको छ । गाउँपालिकाले असोज ९ गते निर्णय गरेर कार्तिक ११ गते दरबन्दी मिलान गरी गणेश माध्यामीक विद्यालयमा पठाइएका शिक्षकले असन्तुष्टि जनाउँदै अदालत पुगेपछि विद्यालय गणित शिक्षक विहीन बनेको हो ।
गाउँपालिकाले दरबन्दी मिलान तथा व्यवस्थापन गर्न असोज ९ गते कार्यपालिकाबाट निर्णय गरे अनुसार बेलडाँडी गाउँपालिका वडा नम्बर–२ मा रहेको शैलेश्वर माध्यामीक विद्यालयका शिक्षक कृपाराम उपाध्यायलाई गणेशमाध्यामीक विद्यालय र गणेश माध्यामीक विद्यालयका शिक्षक गणेश चौधरीलाई शैलेश्वर माध्यामीक विद्यालयमा सरुवा गरेको थियो ।
रौलेश्वर माध्यामीक विद्यालयका प्रधानाध्यापक समेत रहेका स्थायी गणित शिक्षक कृपाराम उपाध्यायलाई राहत दरबन्दी भएको गणेश माध्यामीक विद्यालयमा कार्तिक ११ गते हुलाक मार्फत सरुवाको पत्र दिइए पछि उपाध्यायले प्रशासकीय अदालतमा मुद्दा हालेका थिए । उनको मुद्दा पछि कार्तिक २७ गते अदालतले सरुवा, पदस्थापन सम्बन्धी कुनै कार्य नगर्न गाउँपालिकालाई आदेश जारी गरेको थियो ।
प्रशासकीय अदालतको आदेश पछि सरुवा रोकिएका उपाध्यायले फेरि रौलेश्वर माध्यामीक विद्यालयमा नै हाजिरी गरेपछि शैलेश्वर माध्यामीक विद्यालयमा २ जना गणित शिक्षक भएका छन् भने गणेश माध्यामीक विद्यालय गणित शिक्षक विहीन बनेको छ । गणितको शिक्षण नभए पछि गणेश माध्यामीक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयबाट कामचलाउन विज्ञान शिक्षक दिल बहादुर सिंह मार्फत अध्यापन गराइरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले जानकारी गराए ।
पालिका भित्रका विद्यालयमा शिक्षकहरूको दरबन्दी मिलान गर्न खोजेको बताउदै उनले अन्य विद्यालयमा भएपनि गणेश माध्यामीक विद्यालयमा शिक्षकलाई चित्त नबुझेको जोशीले बताए । अदालतले रोकेपछि रिक्त शिक्षकमा त्यसै विद्यालयका विज्ञान पढाउने सरलाई व्यवस्थापन समितिले मिलाएको बताउदै उनले यस मुद्दामा अदालतले अन्तरिम आदेश नदिँदा सम्म समस्या समाधान हुन नसक्ने बताए ।
‘अदालतले रोकिसकेको अवस्थामा नयाँ शिक्षक पनि राख्न नमिल्ने बताउदै उनले अन्तरिम आदेश दिई पालिकाको निर्णयलाई सदर बदर गरिए समस्या समाधान हुने जोशीले बताए । गणेश माध्यामीक विद्यालयका शिक्षक गणेश चौधरी शैलेश्वर माध्यामीक विद्यालयमा हाजिर भएपछि अदातलको आदेश आएकाले पुनः गशेण चौधरीलाई गणेश माध्यामीक विद्यालयमा पठाउन पनि नमिल्ने उनले बताए ।


