"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालिकामा भोली देखि आधारभूत तह परीक्षा सुरु हुने

No data was found

Khabar Raftar

चैत्र ०४ धनगढी । कैलालीको गोदावरी नगरपालिका क्षेत्र भित्रका विद्यालयहरूमा भोली देखि नगर स्तरीय आधारभूत तह (कक्षा ५ र ८) को परीक्षा सुरु हुने भएको छ । शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले नगर स्तरीय आधारभूत तह (कक्षा ५ र ८) को परीक्षा भोली देखि सुरु हुने जानकारी गराएका हुन । परीक्षा बिहान ८ बजे देखि १० बजेसम्म सञ्चालन हुने जानकारी गराउदै उनले चैत्र १२ गतेसम्म जारी रहने बताए ।

शिक्षा शाखा प्रमुख जोशीले कक्षा ५ मा ५० वटा सामुदायिक र ३२ वटा संस्थागत विद्यालयका २ हजार ६ सय ७१ जना विद्यार्थी परिक्षामा सहभागी हुने जानकारी गराउदै तीमध्ये संस्थागततर्फ १ हजार ५ सय ६८ र सामुदायिकतर्फ १ हजार १ सय ३ विद्यार्थी परिक्षामा सहभागी हुने बताए ।

त्यसैगरी कक्षा ८ मा ३२ वटा सामुदायिक र २९ वटा संस्थागत विद्यालयका ३ हजार १ सय ३९ विद्यार्थीले परीक्षा दिने उनले जानकारी गराए । दुवै तहमा गरी कुल ५ हजार ८ सय १० जना विद्यार्थी परिक्षामा सहभागी हुने उनले बताए । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नगर शिक्षा समिति, परीक्षा सञ्चालन समिति, प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरूबाट अनुगमन गरिने व्यवस्था मिलाइएको उनले बताए ।

परीक्षा सञ्चालनका लागि १४ वटा केन्द्र तोकिएको बताउदै उनले भौगोलिक विकटताका कारण तीन वटा विद्यालयमा गृहकेन्द्र व्यवस्था गरिएको बताए । गृहकेन्द्रमा केन्द्राध्यक्ष र निरीक्षक बाहिरबाट खटाइने जानकारी गराउदै उनले प्रत्येक २६ जना विद्यार्थी बराबर एक जना निरीक्षकको व्यवस्था गरिएको बताए ।

परीक्षासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भइसकेको र नतिजा प्रकाशन तथा ग्रेड वृद्धी परीक्षाको व्यवस्थापन पनि गरिने उनले जानकारी गराए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तहको परीक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिइएको उनले बताए ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प