चैत्र ०२ लार्चुला । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बालक बेपत्ता भएका छन् । सोमबार महाकाली नदीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका वडा नम्बर–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय दाचुर््दाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले धामी बेपत्ता भएको जानकारी गराए । जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा महाकाली नगरपालिका वडा नम्बर–५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन् । साथीहरुसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन् ।
उनीसँगै गएका दुई जना साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत धामीको खोजी भइरहेको प्रहरीले जानकारी गराएको छ ।
Post Views: 129


