"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बुढीगंगा बाढीपछि ओलेना बस्ती उजाडिँदै, १३ परिवार विस्थापनको जोखिममा

No data was found

Khabar Raftar

फागुन २९ बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर–४ स्थित ओलेना बस्ती २०७६ सालको बुढीगङ्गा नदीको बाढीपछि उजाड बन्दै गएको छ । कुनै समय जिल्लाकै तरकारी उत्पादनको केन्द्र मानिने ओलेनामा २०७६ सालको बुढीगङ्गा नदीको बाढीपछि उजाड बन्दै गएको हो । अहिले खेतीयोग्य जमिन नष्ट भई बस्ती विस्थापनको जोखिममा परेको छ ।

२०७६ साल साउन–भदौमा बुढीगङ्गा नदीमा आएको बाढीले ओलेनाबासीको सबै खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको थियो । सिँचाइ कुलोको राम्रो व्यवस्था र समथल जमिनका कारण उत्पादन हुने तरकारी बाजुराको मार्तडी बजारसम्म बिक्री हुँदै आएको भए पनि बाढीपछि स्थानीयको मुख्य आम्दानीको स्रोत पूर्ण रूपमा बन्द भएको छ ।

स्थानीय कृषक देवबहादुर नाथले पहिले धान, गहुँभन्दा बढी तरकारी र फलफूल खेती गरेर परिवार पालिँदै आएको बताउदै सबै जमिन बगर बनेपछि अब बालबच्चा कसरी पाल्ने भन्ने चिन्ता लागेको बताए । साँफे–मार्तडी राजमार्गको मुनि रहेको ओलेना बस्तीका घरहरू पनि अहिले नदी कटानको उच्च जोखिममा छन् ।

खेतीयोग्य जमिन गुमेपछि मात्र होइन, बसोबास संकटमा परेपछि केही परिवार बस्ती छोडेर अन्यत्र सर्न थालेका छन् । पहिला १६ भन्दा बढी नाथ परिवार बसोबास गर्ने ओलेनामा अहिले झण्डै १३ परिवार मात्र बाँकी रहेका छन् । स्थानीय शिक्षक कमल नाथले ओलेनाबाट उत्पादन भएको तरकारी मार्तडी बजारका अधिकांश पसलमा पुग्ने गरेको स्मरण गर्दै ओलेनाबासीको मुख्य पेसा तरकारी खेती अहिले बन्द भउको बताए ।

अहिले खेती गर्ने जमिन मात्र नभई, घरबासको समेत समस्या भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक डोरेन्द्र निरौलाले ओलेना बस्ती पूरै नदीको जोखिममा रहेकाले स्थानान्तरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।

स्थानीयका अनुसार अहिलेसम्म सुरक्षित बसोबासको कुनै ठोस व्यवस्था हुन सकेको छैन । दीर्घकालीन व्यवस्थापन र पुनस्र्थापनाको पहल नहुँदा बाँकी रहेका परिवार समेत विस्थापनको अवस्थामा पुग्ने खतरा बढ्दै गएको स्थानीयले बताएका  छन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण