"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको गोइडाखोला पुल, निमार्णको काम अन्तिम चरणमा

No data was found

Khabar Raftar

फागुन २८ बैतडी । विगत नौ बर्ष देखि निर्माणाधीन बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड जोड्ने गोइडाखोला पुलको काम अन्तिम चरणमा पुगेको छ । विगत नौ बर्ष देखि निर्माणाधीन बैतडीको स्वराड क्षेत्रका पञ्चेश्वर, शिवनाथ र मेलौली गरी तीन स्थानीय तहलाई जोड्ने सडकको गोइडाखोला पुलको काम अन्तिम चरणमा पुगेको हो ।

पुल निर्माणका लागि २०७३ सालमा ठेक्का सम्झौता गरिएको भए पनि समयमै पुल निर्माण कार्य सम्पन्न नहुँदा बर्खायाममा यातायात सञ्चालनमा समस्या हुने गरेको थियो । हिउँदमा खोलामा पानी कम हुँदा आवत जावत सहज भए पनि वर्षायाममा पानी बढ्दा सवारीसाधन आवत जावत गर्न समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

२०७३ पुस १२ गते पुल निर्माणको ठेक्का लिएको काठमाडौंस्थित रफिना कन्स्ट्रक्सनले २०७४ पुस ११ भित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको भए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय बैतडी का सूचना अधिकारी इन्जिनियर कपिलप्रसाद पन्तले १५ मिटर लम्बाइको दुई लेनको पुल २ करोड ७० लाख ३४ हजार १ सय ३१ रुपैयाँ लागतमा निर्माण भइरहेको बताए ।

आउँदो असारसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । निर्माण कम्पनीका तर्फबाट जिम्मेवारी सम्हालेका स्थानीय निर्माण व्यवसायी मदनमोहन विष्टले जग्गा मुआब्जा सम्बन्धी मुद्दाका कारण निर्माणमा ढिलाइ भएको बताए । मुद्दा फिर्ता भइसके पछि अहिले निर्माणको काम तीव्र रूपमा अघि बढाइएको उनले जानकारी गराए ।

जिप चालक पारस मंगोलाले उक्त सडक खण्डमा दैनिक एक सय भन्दा बढी साना–ठूला सवारीसाधन आवत जावत गर्ने बताउदै खोला बढेका बेला सवारी वारपार गराउन नसक्दा यात्रु तथा चालकलाई समस्या हुने गरेको बताए । हाल पाटन–पञ्चेश्वर सडक सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय मातहत राखिएको छ ।

पुल निर्माणको काम अघिदेखि नै सुरु भएकाले सडक डिभिजन कार्यालय बैतडीको जिम्मेवारीमा रहेको निमित्त डिभिजन प्रमुख लक्ष्मणदत्त जोशीले बताए । पुल निर्माणसँगै कालोपत्रे र छेउतर्फ रेलिङ राख्ने काम समेत गरिने उनले बताए । चालु आर्थिक वर्षभित्र सबै काम सम्पन्न गरी यातायात सञ्चालन सहज बनाउने लक्ष्य रहेको उनले बताए । पटक–पटक म्याद थप गर्दै अन्ततः चालु आर्थिक वर्षको अन्त्यसम्म पुल निर्माण सम्पन्न गर्ने गरी अन्तिम म्याद तोकिएको कार्यालयले जनाएको छ ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते