"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

इनिसा विक मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन

No data was found

Khabar Raftar

फागुन २७ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर—४ को जनजागरण सामुदायिक वनमा मृत्यु भएकी १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेका छन् । बुधबार वीरेन्द्रनगरमा ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’ जस्ता नारासहित उनीहरुले दबाबमूलक आन्दोलन गरेका हुन् ।

प्रहरीले घटनामा संलग्न चार जना नाबालक किशोरहरूलाई यस अघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
गुर्भाकोट नगरपालिका वडा नम्बर–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ मा बस्दै आएकी १६ वर्षीय इनिसा शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

बिहान ९ बजेतिर वीरेन्द्रनगर बजारको उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो ।

पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले
बताए । मृतक बालिका वीरेन्द्रनगरको उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार इनिसा २३ गते शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ । स्कुलभन्दा उत्तरतर्फ करिब १० किलोमिटर दुरीमा पर्ने उक्त जङ्गलमा इनिसा रक्ताम्मे अवस्थामा भेटिएकी थिइन् । ट्युसन पढ्न भन्दै बिहान ६ बजेतिरै घरबाट निस्किएकी ती किशोरी जङ्गलसम्म पुग्नुका पछाडि ती १६ वर्षीया युवकसँग प्रेम सम्बन्ध भएर हो कि भन्ने आशङ्का प्रहरीले गरेको छ ।

ती युवकले पनि अनुसन्धानका क्रममा प्रेम सम्बन्ध रहेको खुलाएको एक अनुसन्धान अधिकृतले बताएका छन् । ‘घर परिवारले ट्युसन पढ्न गएको भनिए पनि पक्राउ गरिएका १६ वर्षीय किशोरले मर्निङ वाक गर्न गएको बताएको अनुसन्धान अधिकृतले जानकारी गराएका छन ।

मर्निङ वाक जाने बहानामा उनीहरुले जबरजस्ती करणी गरी हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै छ । मृतकका आफन्तहरूले सामूहिक बलात्कार पछि हत्या भएको भन्दै दोषीहरूलाई कारबाहीको माग गरेका छन् । शवको पोस्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भए पनि सद्गत भने गरिएको छैन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण