फागुन २६ डोटी । डोटीमा माटोको ढिस्कोमा पुरिएर एक जना किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान सायल गाउँपालिका वडा नम्बर–२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयले घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेर च्यापीदा उनको मृत्यु भएको जानकारी गराएको हो ।
डिस्कोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जानकारी राउदै प्रहरीले स्थानीयले माटोबाट शव निकालेर मृतको घर लगेको जानकारी गराएको हो । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा प्रहरी टोली खटाएको बताइएको छ ।
Post Views: 41


