"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

‘खखडेहरा पर्व’ मनाउदै राना थारू समुदायद्वारा होलीको विदाई

No data was found

Khabar Raftar

फागुन २६ धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गरेका छन । मंगलबार करिब एक महिना भन्दा बढी समय सम्म निरन्तर रूपमा मनाइने होली राना थारू समुदायले खखडेहरा पर्व मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गरेका हुन ।

राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्वका रूपमा सीमित नभई सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइने गरिन्छ । वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिइने होली पर्व समुदायका लागि सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थाको प्रतीक पनि मानिन्छ । राना थारू समुदायमा माघ शुक्ल पूर्णिमाका दिन देखि होली पर्वको सुरुआत हुन्छ । उक्त दिन गाउँमा ‘होरी’ राखेर पर्व प्रारम्भ गरिन्छ । त्यसपछि करिब एक महिना सम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई राना थारू समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ ।

जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने चलन छ । होलीले समुदायमा मनोरञ्जनका साथै धार्मिक आस्था र सांस्कृतिक चेतनालाई पनि सुदृढ बनाउने विश्वास रहेको रामसहाय रानाले बताए । फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिने बताउदै उनले होलिका दहनपछि अर्को दिनलाई ‘टीका’ भनिने बताखए ।

त्यो दिन गाउँका सबै जनाले होली जलेपछि बाँकी रहेको खरानीको टीका लगाउने परम्परा रहेको उनले बताए । समुदायमा रहेको विश्वास अनुसार होलीको खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने मान्यता रहेको उनले बताए । टीकाको दिन देखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन रहेको बताउदै उनले यस अवधिमा दिन र रात दुवै समयमा होली खेल्ने जानकारी गराए ।

मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइने बताउदै उनले जसलाई होलीको औपचारिक समापनका रूपमा लिने गरिएको बताए । खखडेहरा पर्वका दिन बिहानै देखि गाउँमा विशेष तयारी सुरु हुने बताउदै उनले गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने बताए । पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, घोडाको माटोको मूर्ति तथा शुद्ध पानी सङ्कलन गरिने उनले बताए ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर–६ कसरौलका स्थानीय रतनलाल रानाले सबै सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिने बताए । गाउँका सबै घरबाट सामग्री सङ्कलन गरिने बताउदै उनले जसले पर्व सामूहिक सहभागितामा आधारित रहेको देखाउने बताए । सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिने बताउदै उनले पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो, हडिया लगायत सामग्री फुटाउने चलन रहेको बताए ।

राना थारू समुदायका अगुवा जगता रानाले खखडेहरा फुटाउने कार्य गाउँका निश्चित व्यक्तिमात्रले गर्ने परम्परा रहेको बताए । “यो कार्य प्रतीकात्मक रूपमा गाउँबाट नकारात्मक शक्ति हटाउने संस्कारका रूपमा मानिने बताउदै उनले यस पर्वमार्फत राक्षसी प्रवृत्ति, रोगव्याधि, दुर्भाग्य र अन्य नकारात्मक प्रभावलाई गाउँबाट टाढा भगाउने विश्वास समुदायमा रहिआएको बताए । खखडेहरा फुटाइसके पछि सहभागीहरू गाउँ फर्किने बताउदै उनले फर्किने क्रममा पछाडि फर्केर नहेर्ने मान्यता रहेको    बताए ।

कसैले फर्केर हेरेमा अनिष्ट निम्तिने वा दुष्ट शक्ति देखिने विश्वास समुदायमा प्रचलित रहेको उनले जानकारी गराए । खखडेहरा पर्वको अर्को महत्त्वपूर्ण पक्ष ‘फगुवा’ माग्ने परम्परा भएको बताउदै उनले पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्ने बताए । फगुवाका रूपमा घरधनीले गच्छे अनुसार नगद रकम, अन्न वा अन्य सामग्री दिने उनले बताए । यसरी सङ्कलित रकमबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताउदै उनले साँझपख गाउँमा उत्सवमय वातावरण देखिने बताए ।

महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृङ्गारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने बताउदै उनले समुदायमा रहेको विश्वास अनुसार खखडेहरा पर्वमा गरिने पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास रहेको बताए । नेपाल राना थारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष कृपाराम रानाले राना थारू समुदायका लागि होली सबैभन्दा महत्त्वपूर्ण पर्व रहेको बताए ।

“राना थारू समुदायको सांस्कृतिक जीवनमा होलीको विशेष महत्व रहेको बताउदै उनल े विशेषगरी खखडेहरा पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गरेको बताए । खखडेहरा पर्वका दिन गाउँमा खेतीपाती, गोरुगाडा चलाउने लगायतका कामसमेत रोक्ने चलन रहेको बताउदै उनले विगतमा तराई क्षेत्रमा मलेरिया, महामारी तथा प्राकृतिक विपत्तिसँग जुध्दै आएको समुदायले सामाजिक एकता कायम राख्न यस्ता सांस्कृतिक परम्पराहरू विकास गरेको बताए ।

गर्मी मौसम सुरु हुने लु लाग्ने समयमा रोगव्याधि फैलिने सम्भावना बढी हुने भएकाले समुदायले खखडेहरा पर्वमार्फत प्रतीकात्मक रूपमा भूतप्रेत, रोगव्याधि तथा दुर्भाग्यलाई गाउँबाट हटाउने विश्वास राख्दै आएको उनले बताए । खखडेहरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समुदायको सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्परागत मूल्यलाई जोगाउने महत्त्वपूर्ण अभ्यासका रूपमा स्थापित भएको उनले बताए ।

सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यो पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त बनाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको पूर्वअध्यक्ष रानाले बताए । खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण