फागुन २६ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर–२ भैसागाडकी एक जना महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएकी छिन् । प्रसूति व्यथा सुरु भएपछि उनलाई परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य इकाइतर्फ लैजाँदै गर्दा महिला बाटोमै सुत्केरी भएकी हुन् ।
स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी विस्ना रोकायाले बाटोमै पुगेर सुरक्षित प्रसूति गराएकी हुन । स्थानीयका अनुसार कठिन भौगोलिक अवस्था र स्वास्थ्य संस्था टाढा भएकाले महिलालाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटोमै सुत्केरी हुनुपरेको हो ।
स्वास्थ्यकर्मी रोकायाले तत्कालै आवश्यक स्वास्थ्य सेवा प्रदान गरेपछि आमाले सुरक्षित रूपमा बच्चा जन्माएको बताईन । हाल आमा र नवजात शिशुको अवस्था सामान्य रहेको उनले बताईन ।
Post Views: 26


