फागुन २३ अछाम । अछाम प्रतिनिधिसभा र्बिाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भीम रावललाई पराजित गर्दै कांग्रेसका भरतकुमार स्वाँर विजयी भएका हुन ।
उनी १० हजार ७ सय ५९ मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी भीम रावलले १० हजार २ सय ३३ मत पाए । रावल ५ सय २६ मतले पराजित भएका हुन् । कांग्रेसले यस क्षेत्रमा २६ वर्षपछि जित निकालेको छ ।
Post Views: 121


