फागुन २२ रुकुम । रुकुम पश्चिममा जनार्दन शर्माले सुरुवाती अग्रता कायम गरेका छन् । केही बरेअघि सुरु भएको मतगणनामा आठबिसकोट १ र ३ को जम्मा ९ सय २ मत गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शर्माले ४ सय १२ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २ सय ८७ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसका राजु केसीले ८८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ८२ मत प्राप्त गरेका छन् ।
Post Views: 26


