फागुन २१ दार्चुला । दार्चुलामा ३५.१५ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ३५.१५ प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउसो २ बजे सम्म ५.१५ प्रतिशत मत खसेको जानकारी दिएको हो ।
जिल्लाका मतदान केन्द्रमा बिहानै देखि सुरु भएको मतदान प्रक्रिया अहिले पनि शान्तिपूर्ण रूपमा भइरहेको छ । दार्चुलामा दिउँसो २ बजेसम्म १५ हजार ४ सय १४ जना महिला र १७ हजार २ सय ५९ जना पुरुष गरी जम्मा ३२ हजार ६ सय ७३ जना मतदाताले मतदान गरेका छन् ।
जिल्लामा दुईवटा अस्थायी सहित १ सय १२ वटा मतदानस्थल र १ सय ३४ वटा मतदान केन्द्रबाट मतदान जारी रहेको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । जिल्लाको कुल मतदाता संख्या ९२ हजार ९ सय ४८ जना रहेको छ ।
Post Views: 125


