"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कर्णाली नदीको बगरमा प्याज खेती

No data was found

Khabar Raftar

फागुन १९ धनगढी । कर्णाली नदीको बगरमा पुनिराम थारूले प्याजखेती गर्दै आएका छन । टीकापुर नगरपालिका वडा नम्बर–८ का पुनिराम थारूले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका हुन । पाँच वर्षदेखि नदीको किनार र टापुमा बगरखेती गर्दै आएका उनले प्याजखेतीलाई प्राथमिकता दिएर प्याजखेती गर्दै आएका हुन ।

बालुवायुक्त जमिनमा प्याजले राम्रो उत्पादन दिने बताउदै उनले बर्षेनी १० देखि १२ क्विन्टल सम्म प्याज उत्पादन गर्दै आएको बताए । धनिया, मकै, बन्दागोभी र टमाटर समेत खेती गर्दै आएको उनले बताए । बालुवामा प्याज राम्रो फस्टाउने बताउदै उनले सिँचाइ सजिलो हुँदा उत्पादन अझ राम्रो हुने बताए । खेर गइरहेको बगरको सदुपयोग गरी आम्दानीको स्रोत बनाृउको उनले बताए ।

राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्र अहिले प्याजखेतीले भरिएको छ । ढुङ्गारहित बालुवामा साना–साना प्लट बनाएर लहरै उनले प्याज लगाएका छन । वडा नंम्बर८ फाँटागाउँका करिब ५०–६० घरपरिवारले बगर तथा नदी टापुमा प्याजखेती गर्दै आएका छन् । बर्षेनी बगरखेती गर्नेको संख्या बढ्दो क्रममा रहेको छ ।

बगर क्षेत्रबाट मात्र वार्षिक करिब ७ सय क्विन्टल भन्दा बढी प्याज उत्पादन हुने गरेको छ । एक परिवारले न्यूनतम पाँच देखि छ क्विन्टल सम्म उत्पादन गर्ने गरेका छन् । स्थानीय सम्झनी चौधरीले अन्य खेतबारीको तुलनामा बगरमा लगाएको प्याजले बढी उत्पादन दिने गरेको बताईन । बटनपुरकी सम्पुर्नी चौधरीले यस वर्ष पहिलोपटक नदीको टापुमा पाँच केजी प्याज रोपेको बताईन ।

अरूले राम्रो उत्पादन गरेको देखेर आफुले पनि सुरु गरेको बताउदै उनले उत्पादनले उत्साहित बनाएको बताईन । सोचेभन्दा राम्रो उत्पादन भएकोब ताउदै उनले बालुवा भित्रको जमिन ओसिलो हुँदा घामपानी सन्तुलित मिलेकाले उत्पादन बढ्ने बताईन । त्यसैगरी पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गरेको बताए ।

सुरुमा घरायसी आवश्यकताका लागि मात्र रोपेको बताउदै उनले आगामी वर्ष व्यावसायिक रूपमा विस्तार गर्ने योजना बनाएको बताए । बगरमा खेती गरेबाफत कसैलाई शुल्क नतिर्नु परेकाले किसान झन् उत्साहित भएका छन् । अहिले बगरबाट अस्वाभाविक रूपमा आम्दानी हुन थालेपछि स्थानीयवासीमा उत्साह थपिएको छ ।

सामान्य मलखाद र कम मिहेनतमा राम्रो उत्पादन भएपछि किसानले वर्षायामको पीडा बिर्सन थालेका छन् । वर्षात्को समयमा त्रास दिने कर्णाली नदीको किनारको बालुवामा स्थानीयले बगरखेती गरेर आयआर्जन गर्दै आएका छन ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण