फागुन १५ बाजुरा । बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि छात्रवृत्ति वितरण गर्न आवेदन खुल्ला गरेको छ । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम तथा छात्रवृत्ति वितरण तथा व्यवस्थापन समितिको निर्णय अनुसार विभिन्न तहका विद्यार्थीका लागि आवेदन खुल्ला गरिएको हो ।
सार्वजनिक गरिएको सूचना अनुसार बडिमालिका नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११÷१२ का विद्यार्थी, प्राविधिक शिक्षा (१८ महिने), डिप्लोमा तह, सामुदायिक क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू तथा आदिवासी जनजाति, दलित र अपाङ्गता भएका विद्यार्थीहरू छात्रवृत्तिका लागि योग्य हुने छन ।
नगरपालिकाका अनुसार २०८२ फागुन १४ गतेदेखि २०८२ फागुन २८ गतेसम्म (१५ दिन) भित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न सकिने छ । आवेदन फाराम बडिमालिका नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक कल्याण उपशाखा तथा सम्बन्धित वडा कार्यालय मार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।
आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विद्यार्थी परिचयपत्र, सम्बन्धित वर्गको सिफारिस पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र लगायत कागजात अनिवार्य गरिएको छ ।
साथै आवेदन फाराम नगरपालिकाको आधिकारिक वेबसाइट धधध.दबमष्mबष्पिबmगल.नयख.लउ बाट पनि डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । नगरपालिकाले तोकिएको समयसीमा भित्र आवेदन पेश गर्न सम्बन्धित सबै विद्यार्थी तथा सरोकारवालालाई आग्रह गरेको छ ।


