फागुन १३ धनगढी । कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको कुल पुँजी झण्डै सात अर्ब पुगेको छ । सहकारी संस्थाका सञ्चालक र उनीहरुको परिवारलाई लगानी नगर्ने नीति लिएको नवजीवन सहकारी संस्थाको कुल पुँजी झण्डै सात अर्ब पुगेको हो ।
संस्थाको २०८२ माघ मसान्त सम्मको वित्तीय विबरण अनुसार कुल सम्पत्ति छ अर्ब ९९ करोड ५० लाख २४ हजार २८ रुपैयाँ पुगेको छ । उक्त अवधिमा नवजीवन सहकारी संस्थाको कुल संस्थागत पुँजी ५२ करोड ८१ लाख १२ हजार ५ सय ३ रुपैया पुगेको छ भने शेयर पुँजी ३३ करोड ८७ लाख ८० हजार दुई सय रुपैया पुगेको छ ।
संस्थाका शेयर सदस्य ३९ हजार ७ सय ३९ जना रहेका छन् । संस्थाले पाँच अर्ब ४६ करोड ९४ लाख ३९ हजार २५ रुपैयाँ बचत संकलन गरेको छ भने पाँच हजार २ सय ६ जनालाई चार अर्ब २१ करोड ९३ लाख २७ हजार ८ सय ४९ रुपैयाँ ऋण लगानी गरेको छ ।
संस्थाले एक अर्ब ९७ करोड ५३ लाख ९० हजार ४८ रुपैयाँ (३६.१२ प्रतिशत) तरलता रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ । त्यसैगरी, जगेडा कोषमा ४९ करोड ९० लाख ८० हजार ४ सय ८७ रुपैयाँ जम्मा गरेको छ भने विनिन्न कोषहरुमा नौ करोड ६५ लाख ९४ हजार २ सय १५ रुपैयाँ जम्मा भएको जानकारी गराएको छ ।


