"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कृष्णपुरमा ‘एक स्थानीय तह, एक कृषि उत्पादन’ अन्तर्गत तरकारी पकेट क्षेत्र विस्तार

No data was found

Khabar Raftar

फागुन ०९ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तरकारी पकेट क्षेत्र विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ’एक स्थानीय तह, एक कृषि उत्पादन’ कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरको सहकार्यमा कृष्णपुर नगरपालिकामा तरकारी पकेट क्षेत्र विस्तार गरिएको हो । कृषि ज्ञान केन्द्र कञ्चनपुरले कार्यक्रमले कृषकलाई उत्पादन, सिँचाइ, क्षमता अभिवृद्धि र बजारीकरणमा सहयोग गर्दै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गरेको जानकारी गराएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ’एक स्थानीय तह, एक कृषि उत्पादन’ कार्यक्रम अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकामा तरकारी पकेट क्षेत्र कार्यान्वयन गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले जानकारी गराए । कार्यक्रमको उद्देश्य स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै व्यावसायिक कृषि उत्पादनलाई प्रवद्र्धन गर्नु भएको उनले बताए ।

कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुरले कृष्णपुर नगरपालिकाका ४० वटा समूह, सहकारी तथा व्यावसायिक कृषकहरूलाई छनौट गरेको जानकारी गराउदै उनले छनौटमा परेका कृषकहरूलाई उत्पादन सामग्रीमा सहयोग, सिँचाइ सुविधामा सहयोग, क्षमता अभिवृद्धि तथा बजारीकरणमा सहयोग गर्दै आएको बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आवश्यक यन्त्र उपकरण तथा कृषि सामग्री वितरण गरेको बताउदै उनले यसले उत्पादन लागत घटाउन र समयमै खेती कार्य सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

कम क्षेत्रफलमा परम्परागत रूपमा आत्म उपभोगमा सीमित तरकारी खेती गर्दै आएका कृष्णपुरका कृषकहरू अहिले बजार लक्षित उत्पादनतर्फ उन्मुख भएको उनले बताए । कार्यक्रम लागू भएसँगै तरकारी खेतीको क्षेत्र विस्तार हुनुका साथै उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको देखिएको उनले बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरले उत्पादन अभिवृद्धि गर्न कृषकहरूलाई आवश्यक पर्ने यन्त्र उपकरण देखि प्रविधि, तालिम तथा प्राविधिक परामर्श सम्म निरन्तर सहयोग गर्दै आएको
उनले बताए ।

यसले कृषकको श्रम घटाउनुका साथै खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुगेको जानकारी गराउदै उनले कार्यक्रमले कृषकहरूलाई समूह र सहकारी मार्फत संगठित गर्दै सहकार्यको संस्कार विकास गर्न मद्दत गरेको बताए । ज्ञान आदान प्रदान, अनुभव साटासाट र सामूहिक बजारीकरणलाई गर्न सहज बनाएको बताउदै उनले जिल्ला समन्वय समिति कञ्चनपुरले समेत तरकारी पकेट क्षेत्रको विकासलाई सकारात्मक रूपमा हेरेको बताए ।

स्थानीय तह विशेष यस्ता कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जनामा समेत योगदान पु¥याएको बताउदै उनले बैदेशिक रोजगारी तर्फको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए । एक स्थानीय तह, एक कृषि उत्पादन कार्यक्रम अन्तर्गत कृष्णपुरमा सञ्चालन भइरहेको तरकारी पकेट क्षेत्रले स्थानीय उत्पादन, आम्दानी वृद्धि र आर्थिक सशक्तिकरणतर्फ महत्वपूर्ण भूमिका खेलेको उनले बताए । कार्यक्रमको निरन्तरतासँगै कृष्णपुर नगरपालीका तरकारी उत्पादनको पहिचान बनाउने दिशामा अगाडी बढेको उनले जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण