"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एरिष्टो माविको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

No data was found

Khabar Raftar

फागुन ०८ धनगढी । धनगढीस्थित एरिष्टो माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको    छ । शुक्रबार विद्यालयको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. धर्मराज उपाध्याय रहेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयकी संस्थापक शान्ति अधिकारीले गरेकी थिइन् ।

समारोहमा प्याब्सन कैलालीका अध्यक्ष ध्रुवबहादुर सिंह, धनगढी उपमहानगर पालिका वडा नम्बर ८ का अध्यक्ष जुगराम चौधरी तथा शिक्षा क्षेत्रमा ३० वर्ष लामो योगदान दिएका हेमराज अधिकारी उपस्थित थिए । कैलाली विद्या निकेतनका संस्थापक तथा प्रिन्सिपल टोपेन्द्र शाह, थ्रिस्टार स्कुलका प्रिन्सिपल गोपाल शर्मा लगायत अभिभावक, पत्रकार, विद्यार्थी र शिक्षाप्रेमी बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. उपाध्यायले एरिष्टो माध्यमिक विद्यालयले समय अनुकूल तथा युगले माग गरेको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । प्याब्सन अध्यक्ष धुर्व बहादुर सिंहले विद्यालयले धनगढीका अन्य विद्यालय भन्दा फरक पहिचान बनाएको बताउदै अझ प्रगति गर्न शुभकामना व्यक्त गरेका थिए ।

वडा अध्यक्ष जुगराम चौधरीले विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए । त्यसैगरी संस्थापक शान्ति अधिकारीले अभिभावकहरूको विश्वास र सहयोगकै कारण विद्यालयले निरन्तर सफलता हासिल गरिरहेको बताइन् । कार्यक्रमका अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । विशेषगरी एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीहरूलाई सम्मान सहित ल्यापटप वितरण गरिएको थियो ।

भर्खरै

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते