"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

No data was found

Khabar Raftar

फागुन ०५ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मातहतका सबै निकायलाई स्पष्ट निर्देशन दिएका छन ।

मंगलबार धनगढी स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित उच्चस्तरीय बैठकमा विभागीय मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरूको बैठकमा मुख्य मन्त्री शाहले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मातहतका सबै निकायलाई स्पष्ट निर्देशन दिएका हुन ।

बैठकमा मुख्यमन्त्री शाहले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु प्रदेश सरकारको समेत दायित्व भएको बताउर्दै सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउदै उनले स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

निर्वाचनको सन्दर्भमा प्रदेश सरकार पूर्ण रूपमा सहयोगी र प्रतिबद्ध रहेको स्पष्ट गर्दे उनँले कुनै पनि प्रकारको लाफरबाही सहन नहुने बताए । संघीय सरकारले निर्वाचनका लागि आवश्यक संयन्त्र परिचालन गरिसकेको र निर्वाचन सामग्री समेत सम्बन्धित जिल्लाहरूमा पुगिसकेको जानकारी दिँदै मुख्यमन्त्री शाहले प्रदेशस्तरबाट सुरक्षाको प्रत्याभूति गराउन निर्देशन दिए ।

विशेषगरी संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्थालाई कडा बनाउन, मतदाता तथा कर्मचारीलाई सुरक्षित वातावरण सुनिश्चित गर्न र अफवाह नियन्त्रणका लागि सूचना प्रवाह प्रभावकारी बनाउन सम्बन्धित निकायलाईउनले निर्देशन दिएका हुन । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो तयारी अवस्थाबारे जानकारी गराएका थिए ।

उनीहरूले निर्वाचन अवधिभर संयुक्त गस्ती, निगरानी र आकस्मिक प्रतिकार योजनालाई सक्रिय बनाइने बताएका थिए । प्रमुख जिल्ला अधिकारीले पनि जिल्ला सुरक्षा समिति मार्फत आवश्यक रणनीति तय गरिसकेको जानकारी गराएका थिए । त्यसैगरी बैठकले फागुन ७ गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ लाई भव्य रूपमा मनाउने निर्णय समेत गरेको छ । दिवसका अवसरमा मुख्यमन्त्री शाहको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

प्रदेशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा सजाउने, बेलुका दीप प्रज्वलन गर्ने तथा सञ्चार माध्यम मार्फत शुभकामना सन्देश प्रसारण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी, धनगढीमा पृथ्वीनारायण चोक देखि शहिद स्मारक चटकपुर सम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा बल, विद्यार्थी, संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ ।

बैठकमा सहभागी मन्त्री, सचिव तथा सुरक्षा अधिकारीहरूले प्रदेश सरकारको निर्देशन कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएका थिए । निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने बैठकले निष्कर्ष निकालेको थियो ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन