"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

No data was found

Khabar Raftar

फागुन ०५ धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–१ स्थित हुलाकी सडक खण्डमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दिउँसो करिब ३ बजेतिर कैलारी गाउँपालिका वडा नम्बर–१ हुलाकी रोडमा विपरीत दिशाबाट आइरहेको स्कारपियो गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जना महिलाको मृत्यु भएकोे हो भने तीन जना घाइते भएका भएका हुन ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल चालक कैलारी गाउँपालिका वडा नम्बर–५ बस्ने अन्दाजी ३०–३५ वर्षीया ईप्सा चौधरीको उपचारका क्रममा नवजिवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कैलारी गाउँपालिका वडा नम्बर–७ का वडा अध्यक्ष दिपेन्द्र बमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स (स्कारपियो) र से ५ प २७८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । स्कारपियोमा सवार कैलारी गाउँपालीका वडा नम्बर–७ का ५० वर्षीय तारा चौधरी गम्भीर घाइते भएका छन् ।

उनको नवजिवन अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी सोही गाडीमा सवार ३४ वर्षीय बलिराम चौधरीको शरीर तथा बायाँ हातमा चोट लागेको छ भने ३१ वर्षीय कमलेस चौधरीको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बलिरामको अवस्था मध्यम र कमलेसको अवस्था सामान्य रहेको बताइएको छ ।

दुर्घटनामा संलग्न गाडी चालक तथा वडा अध्यक्ष बमको मुखमा सामान्य चोट लागेको बताइएको छ । प्राथमिक उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गराएका छन् । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन