फागुन ०५ धनगढी । कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समिति धनगढी कैलालीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र कार्यालयको सहकार्यमा मंगलबार धनगढीमा आयोजीत रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको हो ।
कृषि विकास बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक लिमिटेड रातोपुल धनगढी शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समिति धनगढीका अध्यक्ष चक्र बहादुर कुञ्जेडाले जानकारी गराए ।
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले वार्षिकोत्सव कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष कुञ्जेडाले बताए । कृषि विकास बैंक कर्मचारी संघ नेपालले
कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा देशैभर हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष कुञ्जेडाले जानकारी गराए ।


